कोरोना भाइरस : दक्षिण कोरियामा ५५६ जनामा संक्रमण, ४ जनाको मृत्यु

सिओल । दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५६ पुगेको छ । आइतबार विहान सार्वजनिक भएको रिपोर्टमा थप १२३ जनामा संक्रमण भएकोउल्लेख छ । यस्तै यो भाइरसबाट कोरियामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

शनिबार विहान सार्वजनिक गरिएको रिपोर्टले संक्रमणको संख्या दोब्बरले बढेको देखाएको थियो । सरकारी अधिकारीका अनुसार कोरियाको चौथो ठूलो शहर डाइगु र छिमेकको अस्पतालमा बढी केश भेटिएको छ ।

आइतबार थपिएको १२३ संक्रमित ७५ जना डायगुस्थित सिन्चेओन्जी चर्चमा प्राथर्ना गर्न जानेहरु हुन् ।

कोरियाका रोग नियन्त्रण महाशाखाका अधिकारी भन्छन् , अहिले सिन्चोओन्जी का करीब ९ हजार व्यक्ति आफै क्वारेन्टाइन गरी बसेका छन् ।
कोरियामा अहिलेसम्म २२ हजार ६३३ जनाको कोरोना परीक्षण गरिएको थियो । सो मध्ये १६ हजार ३८ जनाको रिपोर्ट नेगेटिभ आएको अधिकारीले जनाएका छन् ।

पहिलो पटक २० जनवरीमा चीनको उहानबाट कोरिया पुगेकी महिलामा यो भाइरस देखा परेको थियो । तर कोरियाको ३१ औँ संक्रमित सिन्चेओन्जी चर्चमा प्राथना गर्न पुगे । जसले एकै पटक ठूलो संख्यामा संक्रमण फैलियो ।

चीनमा ६४८ जनामा नयाँ संक्रमण शनिबार मात्रै ९६ जनाको मृत्यु
यता चीनमा कोरोना भाइरसबाट शनिबार थप ६४८ जना संक्रमणमा परेका छन् । सोही दिन थप ९६ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै वुहान शहरका हुन् ।

यो संगै चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ४४२ पुगेको छ । संक्रमणमा पर्नेको संख्या ७६ हजार ९३६ पुगेको छ ।

अरु दुई दर्जन मुलुकको समेत गणना गर्दा संक्रमितको संख्या ७८ हजार ७२४ जना, मृत्यु हुनेको संख्या २ हजार ४६२ जना र निको भएर घर फर्कनेको संख्या २३ हजार ९२ जना पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *