स्वास्थ्य बीमा बोर्ड सदस्य पदबाट डा. सतिशले दिए राजिनामा

5.2k
Shares

काठमाडौँ, ५ फागुन । स्वास्थ्य बीमा बोर्ड सदस्य डा सतिशकुमार देवले पदबाट राजिनामा दिएका छन् । आफ्नो स्वास्थ्य र व्यक्तिगत कारण देखाई उनले पदबाट राजिनामा दिएका हुन् ।

उनले इमेल मार्फत आफ्नो राजिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसमक्ष पठाइसकेका छन् ।

गत विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बीमा बोर्डको अनौपचारिक बैठकमा डा सतिशको स्वास्थ्य सचिव खगराज विवाद भएको थियो ।

उनले बैठकका क्रममा सचिव बरालले आफू माथि व्यक्तिगत गालिगलोच गरेको र आम चिकित्सक माथि नै दुव्र्यहार हुने गरी प्रस्तुत भएको भन्दै मन्त्री ढकाल तथा नेपाल चिकित्सक संघ सहित विभिन्न पेशागत संस्थाहरुमा न्याय चाहियो भन्दै निवेदन दिएका थिए ।

महाराजगञ्ज मेडिकल कलेजको फार्माकोलोजी विभागका प्रमुख समेत रहेका डा सतिशलाई सरकारले २० मंसिर २०७५ मा बीमा बोर्डको सदस्यमा नियुक्त गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *