स्वास्थ्य बीमा बोर्ड सदस्य पदबाट डा. सतिशले दिए राजिनामा

काठमाडौँ, ५ फागुन । स्वास्थ्य बीमा बोर्ड सदस्य डा सतिशकुमार देवले पदबाट राजिनामा दिएका छन् । आफ्नो स्वास्थ्य र व्यक्तिगत कारण देखाई उनले पदबाट राजिनामा दिएका हुन् ।

उनले इमेल मार्फत आफ्नो राजिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसमक्ष पठाइसकेका छन् ।

गत विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बीमा बोर्डको अनौपचारिक बैठकमा डा सतिशको स्वास्थ्य सचिव खगराज विवाद भएको थियो ।

उनले बैठकका क्रममा सचिव बरालले आफू माथि व्यक्तिगत गालिगलोच गरेको र आम चिकित्सक माथि नै दुव्र्यहार हुने गरी प्रस्तुत भएको भन्दै मन्त्री ढकाल तथा नेपाल चिकित्सक संघ सहित विभिन्न पेशागत संस्थाहरुमा न्याय चाहियो भन्दै निवेदन दिएका थिए ।

महाराजगञ्ज मेडिकल कलेजको फार्माकोलोजी विभागका प्रमुख समेत रहेका डा सतिशलाई सरकारले २० मंसिर २०७५ मा बीमा बोर्डको सदस्यमा नियुक्त गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *