कोरोना प्रभावित क्षेत्रबाट संकलित कागजी नोट नष्ट गर्दै चीनको केन्द्रीय बैंक

बेइजिङ । चीनको केन्द्रीय बैंकले कोरोना प्रभावित क्षेत्रका अस्पताल, सुपरमार्केट तथा सार्वजनिक यातायातका साधनमा जम्मा भएका कागजी नोटहरु नष्ट गर्ने बताएको छ । कोरोनाभाइरसको महामारी विरुद्ध यो अभियान शुरु गरेको केन्द्रीय बैंकले जनाएको छ ।

पिपुल्स बैंक अफ चाईना (पीबीओसी)को साउदर्नसिटी गोञ्जाउ शाखाले कोरोनाप्रभावित क्षेत्रबाट संकलन भएका चिनियाँ युआनका सबै कागजी नोटहरु  नष्ट गर्न भनेको हो ।

केन्द्रीय बैकको मान्यता पाएको पीबीओसीले सो प्रान्तमा भएका कमर्सियल बैकहरुलाई दिएको निर्देशनमा पहिले प्रभावित क्षेत्रहरुबाट संकलित बैंक नोटहरु अलग राख्ने, त्यसलाई किटाणुरहित पार्ने र त्यसपछि मात्रै आफूलाई उपलव्ध गराउन भनिएको छ । उसले नोटका माध्यमबाट कोरोनाभाइरस सर्न सक्ने भन्दै नयाँ नोट वितरण गर्ने र पुरानोलाई नष्ट गर्ने नीति अघि सारेको हो ।

केन्द्रीय बैंकका डेपुटी गभर्नर फ्यान यीफेईका अनुसार गत १७ जनवरी देशभरमा ६०० विलियन युआन नयाँ बैंक नोट देशभर वितरण गरिएको छ । त्यसमध्ये वुहानमा मात्रै ४ विलियन पठाएको उनले सुनाए ।

केन्द्रीय बैकले भनेको छ, कोरोनाको अति प्रभावित क्षेत्रबाट संकलन भएका नोठहरुलाई उच्च तापक्रममा राखेर वा पराबैजनी प्रकाशको प्रयोग गर्ने, १४ दिनसम्म छुट्टै राखेर मात्रै प्रयोगमा ल्याउन पाइने भनेको छ ।

तीन देखि १३ फेब्रअरीसम्म लगभग ३ विलियन युवानको नयाँ नोट गोन्जाउमा पठाइएको थियो छ । त्यसबीचमा ७.८ विलियन युवान ती क्षेत्रबाट खिचेर प्रचलनबाट फिर्ता लिईएको छ ।

बैंकिङ उद्योगले सरकारी एजेन्सी, महामारी रोकथाम तथा नियन्त्रण सम्वन्धि संस्था तथा फ्रन्टलाईन इकाईका लागि १ हजार २४९ कारोवार भएको, महामारी रोकथाम तथा नियन्त्रण सम्वन्धी इन्टरप्राइजेसलाई थाह दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *