कोरोनाको उपचार गर्न चीनको हुवेईमा ६ हजार ९६० शैय्याको ९ वटा अस्थायी अस्पताल सञ्चालनमा

वुहानमा तयारी अवस्थामा राखिएको अस्थायी आकस्मिक कक्ष

हुबेई ४ फागुन । चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा नौ ओटा अस्थायी अस्पताल सञ्चालन हुने क्रममा छन् । कोरोना भाइरसको सङ्क्रमण अत्यधिक धेरै रहेको यस क्षेत्रमा सुरु गरिएका ती अस्पतालहरुमा ६ हजार ९६० शैया रहेका छन् ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का अधिकारीहरुले दिएको जानकारीअनुसार ती अस्पतालहरुमा कोरोना भाइरसबाट सङ्क्रमित ५ हजार ६०६ जनाको उपचार भइरहेको छ ।

बुहानमा शनिबार आयोजित  पत्रकार सम्मेलनमा एनएचसीका उपप्रमुख वाङ हेशेङले नयाँ अस्थायी अस्पतालहरु सुरु भएको जानकारी दिएका हुन्।

अस्थायी अस्थालमा सेवा सुरु भएर सेवा पाउन थालेपछि कोरोना भाइरस सङ्क्रमितहरुले राहत महसुस गरेका छन् । रोगको प्रकोप न्युनिकरण तथा व्यवस्थापन गर्न यी अस्पतालहरुबाट उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बिरामीहरुले राम्रो उपचार सेवा पाईरहेको बताएका छन् भने कतिपय विरामीहरु उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसबाट चीनमा मात्रै ६८ हजार ५०० संक्रमणमा परेका छनु । त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ६६५ जना पुगेको छ ।

चीन बाहिरको समेत संख्या जोडने हो भने संक्रमितको संख्या शनिबारसम्म ६९ हजार १९५ जना र मृत्यु हुनेको संख्या १ हजार ६६९ पुगेको छ । अस्पतालबाट निको भएर घर फर्कनेको संख्या ९ हजार ४६५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *