नयाँ कोरोना भाइरसको आधिकारिक नाम ‘कोभिड – १९’

जेनेभा । विश्व स्वास्थ्य संगठन (डल्लुएचओ) ले नयाँ कोरोना भाइरसको आधिकारिक नाम ‘कोभिड – १९’ राखेको छ । ‘कोराना’ ‘भाइरस’ ‘डिजिज’ ‘२०१९’ भन्ने शव्दबाट केही अक्षर सापटी लिएर यसको नाम राखिएको हो ।

डल्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रियससले मंगलबार जेनेभामा पत्रकारहरुसंग कुरा गर्दै भने हामीसंग अहिले नयाँ नाम छ त्यो भनेको ‘कोभिड- १९’ हो ।

भाइरसबाट एक हजार बढीको मृत्यु भएको छ । दशौँ हजार संक्रमणमा परेका छन् । डा घेब्रियससले विश्व जगतलाई यो भाइरसविरुद्ध लड्न विश्वजगतलाई आवहान समेत गरेका छन् ।

कोरोनाभाइरसको शव्दले भाइरसको समूहलाई बुझाउँछ । जो अहिले हंगामा मच्चाएको भाइरस मात्रै होइन । त्यसैेले भाइरसको बर्गिकरण गर्ने अन्तराष्ट्रिय समितिले यो भाइरस नै ‘सार्स कोभ -२’ हो भनेको छ ।

अनुसन्धानकर्ताहरुले पनि कुनै समूह वा देशको भ्रम र कलंक हटाउन आधिकारिक नामको लागि लागि आग्रह गरिरहेका छन् ।

‘हामीले एउटा त्यस्तो नाम खोज्नु परयो जो भौगोलिक स्थान, जनावर, व्यक्ति वा व्यक्तिको समूहलाई संकेत गर्दैैन र उच्चारणमा पनि सजिलोहोस,’ डव्लुएचओका प्रमुखले भने ।

नयाँ नाम कोरोना भाइरस डिजिज भन्ने शव्दबाट लिइएको हो । जो २०१९ को अन्त्यमा चीनको हुवे प्रान्तस्थित वुहान शहरमा देखा परेको थियो ।

कोभिड १९ बाट मृत्यु हुनेको संख्या १११३ पुग्यो, ४४, ६५३ जनामा संक्रमण

यसैबीच चिनियाँ स्वास्थ्य आयोगका अनुसार कोभिड – १९ बाट चीनमा मंगलबार मात्रै थप ९७ जनाको मृत्यु भएको छ । २०१५ जनामा नयाँ संक्रमण देखा परेको छ । यो संगै मृत्युहुनेको संख्या १ हजार ११३ पुगेको छ भने संक्रमणमा पर्नेको संख्या ४४ हजार ६५३ पुगेको छ ।

मंगलबार मात्रै कोभिड १९ को उपचार गराईरहेका ७४४ जना निको भएर घर फर्केका छन् । यो संगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ४ हजार ७४० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *