चिकित्सक संघमा डा. लोचन कार्कीको टीम पदाधिकारी सहित १२ पदमा विजयी

काठमाडौँ, २८ माघ । नेपाल चिकित्सक संघको २८ औँ केन्द्रीय कार्यकारिणी समिति ( २०७६ ०७९ कार्यकाल)का लागि भएको निर्वाचनमा डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समूहले ६ पदाधिकारी र ५ सदस्य सहित १२ वटा पद जितेको छ । कुल १३ सदस्यीय कार्यसमितिको एक पद (सदस्य) मा भने पेशागत समावेशी समूहले बाजी मारेको छ ।

मंगलबार विहान २ बजे सम्पन्न मतगणना अनुसार अध्यक्षमा डा लोचन कार्की, बरिष्ठ उपाध्यक्षमा डा शिवप्रसाद श्रेष्ठ र उपाध्यक्षमा डा अनिलबिक्रम कार्की विजयी भएका छन् । यस्तै महासचिव डा बद्री रिजाल, कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी, सहसचिवमा डा निजरकुमार सिंह र सहकोषाध्यक्षमा विश्वराज दवाडी विजयी भएका हुन् । यी सबै लोकतान्त्रिक समूहबाट उम्मेद्धार थिए ।

यस्तै सदस्यहरुमा लोकतान्त्रिक समूहबाट उम्मेद्धार बनेका डा विपेश आचार्य, डा नन्दाकुमारी गुरुङ, डा प्रमोद जोशी, डा रितेश थापा र डा सञ्जीव तिवारी विजयी भएका छन् । यता पेशागत समावेशी समूहबाट सदस्यमा उम्मेद्धार बनेका डा लिजन महर्जनले पनि जीत हासिल गरेका छन् ।

यसपटक निर्वाचनमा ६ हजार १५७ भोट खसेको प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले बताए । त्यसमा सबैभन्दा बढी भोट अध्यक्षका विजयी उम्मेद्धार डा लोचन कार्कीले हासिल गरे । उनले कुल ४१११ ( ६७.७६ प्रतिशत) मतका साथ विजयी हासिल गरेका हुन् ।

त्यसपछि सबैभन्दा बढी मत ल्याउने उपाध्यक्षका विजयी उम्मेद्धार डा अनिलबिक्रम कार्की हुन् । उनले कुल ३९४५ (६४.०७ प्रतिशत) भोट प्राप्त गरे ।

तेस्रो बढी भोट हासिल गर्नेमा सह कोषाध्यक्षका विजयी उम्मेद्धार डा विश्वराज दवाडी हुन् । उनले कुल ३९३५ (६३.९१ प्रतिशत)भोट आफ्नो पक्षमा पार्न सफल भए ।

सदस्यहरुमा सबैभन्दा बढी मत डा रितेश थापाले ल्याए । उनले कुल ३७१७ ( ६०.३७ प्रतिशत ) मत प्राप्त गरी विजयी भए ।
बाँकी कसले कति भोट ल्याए ?

अध्यक्ष : 
डा. लोचन कार्की : ४१११ (लोकतान्त्रिक समूह ) – विजयी 
डा. पुष्पमणि खराल : १९७९ (पेशागत समावेशी समूह )

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ : २२६२(पेशागत समावेशी समूह)
डा. शिवप्रसाद श्रेष्ठ : ३५९५ (लोकतान्त्रिक समूह ) – विजयी 

उपाध्यक्ष
डा. अनिलविक्रम कार्की : ३९४५ (लोकतान्त्रिक समूह )- विजयी 
डा . रञ्जितकुमार झा : १९५४ (पेशागत समावेशी समूह ) 

महासचिव
डा. अजय कुमार मिश्र : ८६९(स्वतन्त्र)
डा. बद्री रिजाल : २४३१ (लोकतान्त्रिक समूह ) – विजयी 
डा. दीपेन्द्र पाण्डे : १३०१(स्वतन्त्र )
डा. मधुर बस्नेत : १३७८ (पेशागत समावेशी समूह ) 

कोषाध्यक्ष
डा. प्रकाश बुढाथोकी : ३२७८(लोकतान्त्रिक समूह ) – विजयी 
डा. सञ्जितकुमार साह : २५७९ (पेशागत समावेशी समूह )

सहसचिब
डा. निरजकुमार सिंह : ३७९०(लोकतान्त्रिक समूह ) – विजयी 
डा. शैलेन्द्र झा : १८९४ (पेशागत समावेशी समूह ) 

सहकोषाध्यक्ष
डा. विश्वराज दवाडी : ३९३५ (लोकतान्त्रिक समूह ) – विजयी 
डा. उदयनारायण सिंह : १९४२ (पेशागत समावेशी समूह ) 

सदस्यहरु
१ डा. अमित चतुर्वेदी : १५७४ (स्वतन्त्र )
२. डा. विक्रान्त ढकाल : २५८६ (लोकतान्त्रिक समूह )
३. डा. विपेश आचार्य : २८८० (लोकतान्त्रिक समूह ) 
४. डा. दीपकप्रसाद कोइराला : १८६८ (पेशागत समावेशी समूह )
५. डा. जगदिशचन्द्र विष्ट : १२४९ (पेशागत समावेशी समूह )
६. डा. लिजन महर्जन :  २८७२ (पेशागत समावेशी समूह ) – विजयी 
७. डा . नन्दकुमारी गुरुङ : ३३१६ (लोकतान्त्रिक समूह ) – विजयी 
८. डा. प्रमोद जोशी : २७९६ (लोकतान्त्रिक समूह ) – विजयी 
९. डा. प्रवीणकुमार गिरी : ७४७ (स्वतन्त्र )
१०. डा. राकेश कुमार साह : २३१३ (पेशागत समावेशी समूह )
११. डा. रितेश थापा : ३७१७ लोकतान्त्रिक समूह ) – विजयी 
१२. डा. सञ्जिव तिवारी : ३००४ (लोकतान्त्रिक समूह ) 
१३. डा. सुमन काफ्ले : २२२६ (पेशागत समावेशी समूह)
१४. डा. त्रिभुवन चन्द्र झा : १८१३(पेशागत समावेशी समूह)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *