नेपाल चिकित्सक संघको उपाध्यक्ष पदमा डा. अनिलबिक्रम कार्की विजयी !

काठमाडौँ, २७ माघ । १ हजार ३६७ मत गणना हुन बाँकी छँदै नेपाल चिकित्सक संघको उपाध्यक्ष पदका उम्मेद्धार बनेका डा अनिल बिक्रम कार्की जीत सुनिश्चित भएको छ ।

४ हजार ७८५ मत गणना गर्दा नै कुल खसेको मतको ५० प्रतिशत बढी भोट उनले ल्याएपछि जीत सुनिश्चित भएको हो ।

यसपटक निर्वाचनमा ६ हजार १५२ भोट खसेको थियो । त्यसको ५० प्रतिशत अर्थात ३ हजार ७६ मत भन्दा बढी ल्याउने विजयी हुने निश्चित थियो । तर डा कार्कीले ४ हजार ७८५ मत गणना गर्दा नै ३ हजार ८५ मत ल्याए । यसले उनको जीत सुनिश्चित भएको हो ।

उनीसंग प्रतिस्पर्धामा उत्रिएका डा रञ्जीतकुमार झाको मतान्तर अहिले नै १ हजार ५६१ भन्दा कम छ । डा झाले अहिलेसम्म १ हजार ५२४ मत ल्याएका छन् ।

यद्धपी औपचारिक घोषणा भने मतगणना पुरा गरी अन्तिम रुजु गरिसकेपछि मात्रै हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *