चीनमा नोभेल कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७२४ पुग्यो

288
Shares

बेइजिङ । चीनमा नोभेल कोरोना भाइरसबाट शुक्रबारमात्रै ८६ जनाको मृत्यु भएको छ । यो संगै चीनमा अहिलेसम्म नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७२२ पुगेको छ । हंङकङ र फिलिपिन्सको समेत जोडदा मृतकको संख्या ७२४ पुगको छ ।

शनिबार विहान चिनियाँ स्वास्थ्य आयोगले सार्वजनिक गरेको विवरणमा शुक्रबार मात्रै ३ हजार ३९९ जनामा नयाँ संक्रमण देखा परेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा केही बढी हो । बिहीबार ३ हजार १४३ जनामा नयाँ संक्रमण देखिएको थियो ।

शुक्रबारको नयाँ केशसंगै कोरोनाभाइरसबाट संक्रमित हुनेकोसंख्या चीनमा ३४ हजार ५४६ पुगेको छ । चीन बाहिरको समेत गणना गर्दा भाइरसबाट संक्रमितको संख्या ३४ हजार ८७२ पुगेको छ ।

आयोगका अनुसार शुक्रबार हुवे प्रान्तमा मात्रै ८१ जनाको मृत्यु भएको छ । सो प्रान्तमा २ हजार ८४१ जनामा नयाँ संक्रमण भेटिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *