कान्तिपुर डेन्टल अस्पताल पोखराले मनायो २० औँ बार्षिकोत्सव

पोखरा, २२ माघ । पोखरास्थित कान्तिपुरर डेन्टल अस्पतालले मंगलबार २० औँ बार्षिकोत्सव मनाएको छ । उसैको भगिनी संस्था कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साइन्स भने १६ बर्षमा प्रवेश गरेको छ ।

काठमाडौँमा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च सेन्टरको शाखाको रुपमा सन् २००० फेब्रअरी ४ मा पोखरामा कान्तिपुर डेन्टल अस्पताल खुलेको थियो । त्यसको चार बर्षपछि कान्तिपुर इन्स्टिच्युट समेत सञ्चालमा आएको हो ।

अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ भन्छन्, काठमाडौँ उपत्यका बाहिर मुख तथा दन्त उपचार सेवा दिने त्यसबेलाकै पहिलो निजी अस्पताल हो सायद ।

उनले पोखरामा २० वटा डेन्टल चियरको व्यवस्थित र सुविधा सम्पन्न दन्त अस्पताल सञ्चालनमा आएपछि दाँत तथा मुख स्वास्थ्यको उपचार खोज्न राजधानी जानु पर्ने समस्या टरेको जानकारी दिए ।

त्यसो त पोखरामा रहेको सो अस्पतालले आफूकहाँ आउनेहरुको उपचार सेवा मात्रै होइन आफै विभिन्न स्थान पुगेर निशुल्क मुख तथा दन्त शिविर सञ्चालन गर्दै आइरहेको छ । अध्यक्ष श्रेष्ठले आगामी दिनमा उपकरण र दक्ष जनशक्ति थप गरी सेवालाई अझ प्रभावकारी बनाउने बताए ।

सुविधा सम्पन्न आफ्नै भवनमा डेन्टल अस्पताल चलाएको कान्तिपुरले डेण्टल विषय पढाउने शिक्षालय नै डेढ दशक अघिबाट संचालनमा ल्याएको हो । अहिले सो शिक्षालयबाट उत्पादन भएका ३ सयभन्दा बढी विद्यार्थी स्वदेशी तथा विदेशी श्रमवजारमा आपूर्ति भई सकेका छन् ।

कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साइन्स दुई वर्ष अघि मात्र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को सम्वन्धन लिएर ३ वटा प्राविधिक स्वास्थ्य शिक्षाको कार्यक्रम संचालनमा रहेको छ । सर्टीफिकेट इन डेण्टल साइन्स का साथै डिप्लोमा इन फार्मेसी, मेडिकल ल्याव टेक्निसियन र पिसियल रेडियोग्राफी विषयका ३ वर्षे कार्यक्रम संचालनमा रहेका प्रमुख प्रशासकीय अधिकृत सीता श्रेष्ठले बताइन् ।

कान्तिपुरको अस्पताल र एकेडेमिक गरी दुबै तर्फ करीब ९० प्रतिशत कर्मचारी महिला छन् । त्यसको नेतृत्व उनै अधिकृत श्रेष्ठले गरेकी छिन् । कुल ७३ जना जनशक्तिले प्रत्यक्ष रोजगारी हासिल गरेको कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साइन्सका विभिन्न चार संकायमा गरी प्रत्येक वर्ष १४० जना विद्यार्थीले भर्ना भएर प्राविधिक शिक्षा पाईरहेको श्रेष्ठले वताइन् । जस मध्य १४ जनाले पूर्ण छात्रवृत्तिमा निःशुल्क अध्ययन गर्दै आइरहेको वताइएको छ ।

२० वर्ष लामो सेवा व्यवसायमा आएको कान्तिपुर इन्स्च्युटले स्वास्थ्य शिक्षामा रहेको टेवा र ७३ जनालाई प्रत्यक्ष रोजगार प्रदान गर्दै आएको छ । २१ औं शताव्दीको शिक्षा प्राविधिक शिक्षाको मुल उद्देश्यमा रहेको इन्स्च्यिुटका औचित्य र आवश्यकता झन वढि झन् प्रभावकारिता देखिएको छ । राज्यले तोकेको शुल्कमा पढ्न पाउनुले पनि मध्यम वर्गीय परिवारका जाँगरिया विद्यार्थीको लागि अवसरको रुपमा लिइएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “कान्तिपुर डेन्टल अस्पताल पोखराले मनायो २० औँ बार्षिकोत्सव

  1. हाल मेरो उमेर ५८ बर्षकोभये मेरो अगाडि बाट ४ नं बाये माथिल्लो एउटा र दाहीने तर्फको आखीरी तीर को लास्ट को ३वटा बंङगारा सडेर झरीसके के अब त्याहा दात राख्न सकीन्छ र कती खर्च लाग्ला कृपाया उत्तरको अपेक्षा मा छु।

Leave a Reply to नबराज क्षेत्री मालेपाटन पोखरा Cancel reply

Your email address will not be published. Required fields are marked *