मेडिकल काउन्सिल र फार्मेसी काउन्सिलको रजिष्ट्रारको पद यथावत

काठमाडौँ, २० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ ले विभिन्न निकायमा नियुक्ती लिएका १५९४ जना पदाधिकारीलाई पदमुक्त गरिदिएको थियो ।
स्वास्थ्य तर्फ स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य बीमा बोर्डका पदाधिकारी मात्रै होईन नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल नर्सिङ परिषद् लगायतका संस्थाका अध्यक्ष, सदस्य र रजिष्ट्रार समेत पदमुक्त भएका छन् ।
तर नेपाल मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलका रजिष्ट्रारहरुको पद भने जोगिएको छ । मेडिकल काउन्सिलका अध्यक्ष र सरकारले मनोनित गरेको सदस्यहरु अध्यादेशले उडाए पनि रजिष्ट्रार डा सतिशकुमार देवको विषयमा केही बोलेको छैन ।
यस्तै फार्मेसी काउन्सिलको पनि अध्यक्ष प्रज्वलजंग पाण्डे तथा सदस्यहरुलाई अध्यादेशले पदमुक्त गरेको छ । तर त्यहाँ रजिष्ट्रार रहेका सञ्जीवकुमार पाण्डेयका विषयमा पनि अध्यादेशले छोएको छैन ।
राजपत्रमै पदका विषयमा नयाँ कुरा नआईसकेपछि दुबै रजिष्ट्रारहरुले आफ्नो नियमित कामलाई निरन्तरता दिने बताएका छन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

