अध्यादेशबाट जोगिएका फार्मेसी परिषद्का रजिष्ट्रार पाण्डेयले दिए राजिनामा

664
Shares

काठमाडौँ, २२ बैशाख ।  नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले पदबाट राजिनामा दिएका छन् । उनले आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत सो जानकारी गराएका हुन् ।

‘आज र अहिले बाटै म आफुलाइ नेपाल फार्मेसी परिषद्को सम्पुर्ण जिम्मेवारी बाट अलग राख्द्छु,’ उनले फेसबुकमा लेखेका छन् ।

यसअघि गत १९ बैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ ले विभिन्न निकायमा नियुक्ती लिएका १५९४ जना पदाधिकारीलाई पदमुक्त गरेको थियो ।

स्वास्थ्य तर्फ स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य बीमा बोर्डका पदाधिकारी मात्रै होईन नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल नर्सिङ परिषद् लगायतका संस्थाका अध्यक्ष, सदस्य र रजिष्ट्रार समेत पदमुक्त भएका थिए भने फार्मेसी परिषद्को रजिष्ट्रार छाडि अध्यक्ष र सदस्यहरु पदमुक्त भएका थिए ।


‘अध्यादेश पछि पनि मेरो पद किन गएन, त्यो कानूनी र प्राविधिक पाटो होला । । तर अहिले परिस्थिति फेरिएको छ, सरकार फेरिएको छ । यो वेलामा उहाँहरुलाई काम गर्न सहज होस भनेर आफैले मार्गप्रसस्त गर्ने निर्णय लिएको हुँ,’ पाण्डेयले भने ।

उनले स्वास्थ्य मन्त्री निशा मेहता र स्वास्थ्य सचिव डा विकास देवकोटालाई पदबाट अलग भएको जानकारी गराईसकेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “अध्यादेशबाट जोगिएका फार्मेसी परिषद्का रजिष्ट्रार पाण्डेयले दिए राजिनामा

  1. Thik garyo kam chai k garya thiyo ra pharmacist license ma sign garnu exam notice lyaunu bahek.
    Pharmacist ko talab bare auwasta bare k MATLAB garenan .
    Yo sarkar le hami pharmacist lai pateko atyachar over time garaune salary chai nabadaune,salary he per a12,13k bhauena we deserve working salary at least 20k.DDA ,NPC corrupted sang 3 mahina un health sector ko manxe pharmacy chalaune ,checking kadai nagarne,pharmacist bina nonhealth sector ko manxe pharmacy license bhada ma rakera pharmacy chalaudai airaxan.yo San ma Kasai hunu paryo.pharmacy ma pharmacist nai hunu paryo ausadi dine.apppron compulsory with pharmacy NPC license number written hunu paryo #ani matra new sarkar sucess mannerau

Leave a Reply

Your email address will not be published. Required fields are marked *