चीनको वुहानमा फसेका ३३ जना आफ्ना विद्यार्थीको श्रीलंकाले यसरी गर्‍यो उद्धार

एजेन्सी । नयाँ  कोरोना भाइरसको महामारी फैलिएपछि चीनको वुहान शहरमा रहेका आफ्ना ३३ जना विद्यार्थीलाई श्रीलंका सरकारले उद्धार गरेको छ । श्रीलंकन एयरलाइन्सको एक विमान चार्टर गरी उनीहरुलाई शनिबार स्वदेश ल्याइएको हो ।

उनीहरुलाई लिएको आएको चार्टर विहान आज विहान मात्ताला एयरपोर्टमा अवतरण गरको थियो । त्यस लगत्तै उनीहरुलाई विशेष बसबाट दियातलावा आर्मी क्याम्पमा लगिएको छ । उनीहरुलाई अब १६ दिन क्लोज क्याम्पमा राखिनेछ ।

विद्यार्थी लिन श्रीलंकन एयरलाइन्सको एयरक्राफ्ट युएल १४२३ चालक दलका १६ सदस्य सहित हिजो वुहान पुगेको थियो । चालकदलका सबै सदस्यहरुले कोरोनाभाइरसबाट जोगिन विशेष पोशाक लगाएका थिए ।

चीनबाट आएका विद्यार्थीलाई मात्रै होइन सो एयरक्राफ्ट र चालकदलका सदस्यलाई समेत केही दिन कोरेन्टाइनमा राखिने अधिकारीहरुले बताएका छन् । उनीहरुले वुहान पुगेर आएको चालक दलका सदस्य र विमानलाई तत्काल नियमित उडानमा प्रयोग नगर्ने समेत बताएका छन् ।

चीनका लागि श्रीलंकन निमित्त राजदूत के के योगानान्दनले चार्टर विमान वुहानमै पुरयाएर विद्यार्थी ल्याउने व्यवस्था मिलाईदिएकोमा चीन सरकारलाई धन्यवाद दिएका छन् ।

यसरी ल्याइयो चीनबाट विद्यार्थी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “चीनको वुहानमा फसेका ३३ जना आफ्ना विद्यार्थीको श्रीलंकाले यसरी गर्‍यो उद्धार

Leave a Reply

Your email address will not be published. Required fields are marked *