कोरोना भाइसरसंग जोगिन यसरी सतर्कता अपनाउँ

– डा. कृष्ण पौडेल, प्रमुख कन्सल्टेन्ट पेडियाट्रीसियन

कोरोना भाईरस; पछिल्लो तीन साता यता स्वास्थ्य क्षेत्रमा सम्भवत: सबैभन्दा बढी सुनिएको नाम हो ।

सन् २०१९ को अन्तिम दिन अर्थात ३१ डिसेम्बरका दिन चीनको हुवे प्राप्तको वुहान शहरका केही व्यक्तिहरुमा नयाँ खालको कोरोना भाइरस देखा परेको रिपोर्ट सार्वजनिक गरिएको थियो ।

त्यस यताको तीन सातामा ६ जनाको ज्यान गईसकेको छ । अहिलेसम्म झण्डै ३०० जनामा यसको संक्रमण देखिएको छ ।

११ करोड जनसंख्या भएको वुहान शहर बाहेक चीनको बेइजिङ, सांघाई तथा छिमेकी ताइवानमा समेत यसको संक्रमण देखा परेको छ । यस्तै दक्षिण कोरिया, जापान, र थाइल्याण्डमा समेत देखा परेको भनिएको यो भाईरस अब अमेरिकामा समेत देखा परेको सीडीसीले जनाएको छ । ती सबै चीनबाट त्यहाँ पुगेका हुन् भन्ने पुष्टीसमेत भईसकेको छ ।

वुहान शहरमा त उपचारमा सहभागी कम्तीमा १५ जना स्वास्थ्यकर्मीहरुलाई समेत यसको संक्रमण देखापरेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनको मुख्यालयमा आज यस विषयमा छलफल गरी महत्वपूर्ण निर्णय लिन बैठक आवहान गरिएको छ भन्ने समेत सुनिएको छ । स्वास्थ्य क्षेत्रका कतिपय विज्ञहरुले डव्लुएचओको आजको बैठकले स्वास्थ्य आपतकालिन घोषणा गर्न सक्ने अनुमान समेत गरेका छन् ।

विश्व स्वास्थ्य संगठनको मुख्यालयमा आज यस विषयमा छलफल गरी महत्वपूर्ण निर्णय लिन बैठक आवहान गरिएको छ भन्ने समेत सुनिएको छ ।स्वास्थ्य क्षेत्रका कतिपय विज्ञहरुले डव्लुएचओको आजको बैठकले स्वास्थ्य आपतकालिन घोषणा गर्न सक्ने अनुमान समेत गरेका छन् ।

तर जे होस्, छिमेकी देश चीनको नयाँ बर्ष र नेपालले भ्रमण बर्षको शुरुवात गर्दै गर्दा यो रोगबारे परामर्स लिएर सतर्क रहन हाम्रो पनि जरुरी छ ।

खासमा के हो त कोरोना भाईरस ?


पहिलको अन्य कोरोना भाइरसका इपिडेमिक, जस्तै : SARS( Severe Acute Respiratory Syndrome र २०१२ को MERS (Middle East Respiratory Syndrome) ले झैँ  यसपटक सारा विश्वको ध्यान कोरोना भाइरसले खिचेको छ ।

Novel coronavirus (2019-nCoV) नाम दिइएको यो नयाँ कोरोनाभाइरस, एक रहस्यमय,  एक्कासी सास फेर्न गारो गराउन सक्ने SARS जस्तै गरि चिनियाँ शहर वुहानमा पहिलोपटक देखिएको  थियो  ।

चिनियाँ अधिकारीहरुले ३१ डिसेम्बर २०१९ का दिन ११ करोड जनसंख्या भएको शहर वुहानमा  नयाँ कोरोना भाइरसको संक्रमण देखिएको  विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएका थिए ।

यो प्रकोप पहिलेको अज्ञात प्रकारको कोरोनाभाइरसको कारण भएको हो । यसको संक्रमण सुरुमा सामान्य रुघा खोकी, ज्वरो, घाँटी दुख्ने,टाउको दुख्ने देखि पछि सास फेर्न गाह्रो हुने र श्वास प्रश्वास प्रणालीलाई नै फेलियर गराउने जस्तो गम्भीर अवस्थासम्म पुरयाउन सक्रिय देखिन्छ । जसबाट मानिसको ज्यानै समेत जान थालेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार जनवरी ११ मा पहिलो व्यक्तिको यसको भाइरसका कारण कारण मृत्यु भएको थियो

चीन पछि यो भाइरस पहिले देखिएको थाइल्याण्डमा हो । एक जना थाई महिला जो चीनको वुहानबाट केही दिन अघि मात्रै थाइल्याण्ड फर्केकी थिइन ।

यस्तै जापान र दक्षिण कोरियामा पनि फाट्टफुट्ट केशहरु देखिन थालेका छन् ।

कोरोना भाइरसका धेरै प्रकारहरु जनावरमा हुन्छन् । त्यसैले शुरुमा संक्रमित जनावरबाट मानवमा सरेको आशंका गरिएको थियो तर अहिले यो भाइरस मानबबाट मानवमा सर्ने पुष्टि भईसकेको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् । उनीहरुका अनुसार बिरामीले हाच्छ्यु गर्दा, सिंगानबाट वा खकारबाट यो भाइरस एक अर्को व्यक्तिमा सर्न सक्छ ।

लक्षणहरु के के हुन्छन् ?
अन्य भाइरस जस्तै कोरोना भाइरसको संक्रमण पनि शुरुमा रुघा खोकी सर्दी लाग्ने सामान्य ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने र रोगले च्याप्दै जाँदा सास फेर्न गाह्रो हुने तथा अन्तिममा स्वास्थ्य प्रश्वास प्रणाली नै फेलिय गराउने अवस्थामा सम्मको जटिलता ल्याउनसक्छ ।

त्यसैले मासु वा जनाबरसंग वा संक्रमित बिरामीसंग काम गर्नु पर्नेहरुमा उच्च जोखिम देखिएकोले प्रयाप्त होसियारी अपनाउनु पर्ने हुन्छ । यस्तै गर्भवती महिलाहरुमा जोखिम उच्च हुने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।

सतर्कता कसरी अपनाउने ?
बचावटका लागि मासु वा मासुजन्य पदार्थ राम्ररी पकारमात्र खाने, हात धुने तथा रुघा तथा सर्दी लागेका विरामीबाट टाडा बस्ने लगायतका उपाय अपनाउने ।

यस्तै रोगको गम्भीरतालाई ध्यान दिएर अन्तर्राष्ट्रिय उडानबाट आएका यात्रुहरुको विशेष निगरानी राख्ने वा स्क्रिनिंग गर्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।

उपचार के छ त ?

कोरोना भाइरसको लागि भनेर खासै उपचार केही छैन । बिरामीले बाफ लिने, ज्वरो आएमा साधारण औषधि सिटामोल खाने, आराम गर्ने, ह्युमिडी फिकेसनवाला हावा वा सास फेर्न गारो भएमा अक्सिजन लिने ।

त्यसबाहेक सामान्य रुघा खोकी भन्दा बढी गाह्रो भएमा स्वास्थ्यकर्मीको सल्लाह लिने र आवश्यक परेमा थप उपचारका लागि अस्पतालमा भर्ना समेत हुनुपर्न सक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “कोरोना भाइसरसंग जोगिन यसरी सतर्कता अपनाउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *