चिकित्सक संघ निर्वाचन : पहिलो दिन खस्यो ४८ प्रतिशत भोट

बुटवल मतदान केन्द्रमा भोट हाल्ने तयारीमा चिकित्सक

काठमाडौँ, ४ माघ ।  नेपाल चिकित्सक संघको २८ औँ केन्द्रीय कार्यकारिणी समिति (२०७६ – ०७९ कार्यकाल ) छनौटका लागि भएको निर्वाचनको पहिलो दिन उपत्यका बाहिर ४८ प्रतिशत भोट खसेको छ ।

विहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म देशमा विभिन्न १६ वटा मतदान केन्द्रमा कुल ३ हजार ९७ मतदाता थिए । तीमध्ये आज १ हजार ४७६ जना (४७.६६ प्रतिशत)ले भोट हालेका हुन् ।

आजको निर्वाचनमा सबैभन्दा बढी भोट चितवनमा १८५ खस्यो । सबैभन्दा कम भने जुम्लामा १९ भोट खसेको छ ।

प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले उपत्यका बाहिरका मतदान केन्द्रमा आज भोट हाल्न बाँकी रहेका मतदाताले आइतबार (भोली) गएर भोट हाल्न सक्ने बताए । उनले आज अपेक्षा अनुरुप राम्रै भोट खसेको भन्दै भोलि थप भोट खस्ने विश्वास व्यक्त गरे । ‘भोली थप २५ ३० प्रतिशत खस्छ कि भन्ने अनुमान छ । यसो भयो भने करीब ७५ प्रतिशतको हाराहारीमा भोट खस्छ । जो अति नै राम्रो हो,’ उनले भने ।

कहाँ कति खस्यो भोट ?

१. मेची :  खसेको मत  – ८१, मतदाता –  १३०

२. कोशी :  खसेको मत – १७३, मतदाता – १७३

३. सिरहा : खसेको मत – २९, मतदाता – २१ 

४. धरान : खसेको मत – १६० , मतदाता – ३७३

५. सगरमाथा :  खसेको मत – ३३ , मतदाता – ४२

६.  जनकपुर :  खसेको मत – ११० , मतदाता – ३८०

७.  नारायणी :  खसेको मत – १५२ , मतदाता – ४००

८. चितवन : खसेको मत – १८५ , मतदाता – ४५०

९. गण्डकी खसेको मत – ११३, मतदाता – २४०

१०. लुम्बिनी : खसेको मत – १८३, मतदाता – ३५०

११. भेरी : खसेको मत – ७६, मतदाता – १९६

१२. सेती : खसेको मत – ५८, मतदाता – १०२

१३. सुर्खेत : खसेको मत – २२, मतदाता- २६

१४. दाङ :  खसेको मत – ३८, मतदाता – ९०

१५. पाल्पा : खसेको मत – ४४, मतदाता – १००

१६.  जुम्ला : खसेको मत – १९, मतदाता – २५

कुल मतदाता – ३०९७, खसेको मत -१४७६, ( ४७.६६ प्रतिशत)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “चिकित्सक संघ निर्वाचन : पहिलो दिन खस्यो ४८ प्रतिशत भोट

  1. Where you found voter list of outside valley? according to you there are 100% voting done in koshi…I m working in koshi hospital but l have plan to vote tomorrow. And in Siraha there are only 21 voters but voted 29 members??? How it is possible?

Leave a Reply to Dr. shilabant Cancel reply

Your email address will not be published. Required fields are marked *