स्वास्थ्य मन्त्रालयले जानकारी विना दुई महिना बढी अनुपस्थित हुने स्वास्थ्यकर्मीको विवरण माग्यो

काठमाडौँ, १ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका कार्यालयसंग जानकारी विना लगातार ६० दिन बढी अनुपस्थित हुने कर्मचारीको विवरण मागेको छ ।  मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग, प्रतिष्ठान, अस्पताल तथा कार्यालय (मन्त्रालय मातहतका सबै)संग विवरण मागेको हो ।

मन्त्रालयले यी कार्यालयहरुलाई गत शुक्रबार पत्र लेख्दै विवरण एक हप्ता भित्र उपलव्ध गराउन भनेको छ ।

कर्मचारी समायोजन लफडामा परेपछि स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी लगातार लामो समय अनुपस्थित हुने क्रम बढेको बताइएको छ । कसैले गुनासो भरेको, कसैले नाम थर र पद फरक परेको, कोहीले तह नमिलेको भन्दै धेरै कर्मचारीहरु अनुपस्थित रहेका छन् । यसले कतिपय स्थानमा सामान्य स्वास्थ्य सेवा समेत अवरुद्ध भएको छ ।

मन्त्रालयले लगातार ६० दिन बढी विना जानकारी अनुपस्थित हुने कर्मचारीहरुको नाम थर, पद, संकेत नम्बर र अनुपस्थित भएको मिति ७ दिन भित्र उपलव्ध गराउन सम्वन्धित कार्यालयलाई भनेको छ ।

मन्त्रालयले तोकेको सात दिनको अवधी आगामी शुक्रबार सकिदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *