प्रदेशका सामाजिक विकास मन्त्री र सचिवसंग छलफल गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २७ पुस । स्वास्थ्यका कार्यक्रमलाई थप प्रभावकारी बनाउन र कामका दौरानमा देखिएका ‘कन्फ्युजन’ हटाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयसंग बृहत छलफल गर्न लागेको छ ।

आगामी मंगलबार संघीय राजधानीमा हुन लागेको छलफलका लागि सातवटै प्रदेशका सामाजिक विकास मन्त्री र सचिवलाई निमन्त्रणा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्यका विषयमा काम गर्ने दौरानमा संघीय र प्रदेश सरकार प्रदेश सरकारबीच कतिपय विषयमा ‘कन्फ्युजन’ पनि देखिएका भन्दै त्यसलाई मेटाउन छलफल आयोजना गर्न लागिएको बताए ।

‘दुबै मन्त्रालयले जनताको स्वास्थ्यको विषयमा काम गर्ने हो तर कतिपय कुराहरु अधिकारमा जोडिएका हुन्छन् । कर्मचारी व्यवस्थापनका कुरा, अस्पतालका सेवाका कुरा, आदि विभिन्न विषयमा छलफल गर्न लागेका हौँ,’ मन्त्री ढकालले भने ।

त्यसो त मन्त्रालयले यस्ता छलफलहरु अहिले पहिलो पटक गर्न लागेको भने होइन । अघिल्ला बर्षहरुमा पनि प्रदेशका सामाजिक विकास मन्त्री र सचिवलाई बोलाई विभिन्न विषयमा छलफल गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *