नेपाल चिकित्सक संघ निर्वाचन : लोकतान्त्रिक समूहबाट अध्यक्ष उपाध्यक्ष सहित १० जनाको उम्मेद्धारी

डा. लोचन कार्की

काठमाडौँ, २७ मंसिर । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकार्यकारिणी समितिको ०७६ – ०७९ कार्यकालका लागि आगामी माघ महिनामा हुन लागेको निर्वाचनमा उम्मेद्धारी दिने क्रम शुरु भएको छ ।

निर्वाचनका लागि गठन भएको निर्वाचन समितिका अनुसार आज मात्रै अध्यक्ष सहित विभिन्न पदमा १० जनाले उम्मेद्धारी दर्ता गराएका छन् ।

एनएमएका प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीका अनुसार अध्यक्ष पदका लागि डा लोचन कार्कीको उम्मेद्धारी परेको छ । यस्तै उपाध्यक्षमा डा अनिल विक्रम कार्कीको र कोषाध्यक्षमा डा प्रकाश बुढाथोकीको उम्मेद्धारी परेको छ । यस्तै सहसचिवमा डा निरजकुमार सिंह, सदस्यहरुमा डा रितेश थापा, डा प्रमोद जोशी, डा विक्रान्त ढकाल सहित अरु तीन जना छन् । ‘सबैको नाम याद भएन । आज चाँही १० जनाको उम्मेद्धारी परेको छ,’ डा मरासिनीले भने ।

त्यसो त आज उम्मेद्धारी परेको नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहको हो । यो समूहबाट बरिष्ठ उपाध्यक्षमा डा शिवप्रसाद श्रेष्ठ र महासचिवमा डा बद्री रिजाल उम्मेद्धार भएको घोषणा यसअघि नै भनिएको थियो । तर आज यी दुई पदमा उम्मेद्धारी परिसकेको छैन ।

‘उम्मेद्धारहरु उहाँहरु नै हो । प्रस्तावक र समर्थक पनि तय भईसकेको छ । तर दर्ता गर्न भ्याउनु भएन कि ?,’ लोकतान्त्रिक समूह स्रोतले भन्यो । निर्वाचन समितिले उम्मेद्धारी दर्ताका लागि शनिबार दिउसो १ बजेसम्मको सीमा तोकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *