अस्पतालमा बन्दुकधारीको आक्रमण, चारको मृत्यु, दुई घाइते

प्राग, २४ मंसिर । चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा थप दुईजना गम्भीर घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।
ती दुर्ईको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । क्षेत्रीय प्रहरी प्रवक्ता पाभ्ला जिरोस्कोवाले उक्त आक्रमणमा चार जना मारिनुका साथै अन्य दुई गम्भीर घाइते भएको बताए ।
प्रहरीले हाल बेपत्ता रहेका बन्दुकधारीको खोजी गरिरहेको छ । रासस/एएफपी
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



