अस्पतालले भन्यो, प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौँ, १६ मंसिर । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको जनाएको छ ।

सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले सोमबार विहान १० बजे जारी विज्ञप्तीमा स्वास्थ्यमा सुधार भएको जानकारी दिइएको हो ।

विज्ञप्तीमा प्रधानमन्त्रीलाई गत १० मंसिरमा शल्यक्रिया पछि सघन उपचारको सम्पूर्ण व्यवस्था सहित निगरानीमा राखिएको र अहिले स्वास्थ्यमा उल्लेख्य सुधार भएको बताइएको छ ।

एपेन्डिसाईटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओली मिर्गौलाका विरामी छन् । उनको अहिले सोही सेन्टरमा नियमित जसो हेमो डायालासिस समेत भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *