स्वास्थ्य मन्त्री ढकाल विहान ८ बजे नै मन्त्रालय पुग्ने, सचिवलाई पनि बोलाए
काठमाडौँ, ५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल विहान ८ बजे नै मन्त्रालय पुग्ने भएका छन् । दिउसोको समयमा भिड हुने र काम गर्न नसकिने भनेर विहानै मन्त्रालय पुग्ने भएका हुन् ।
उनले स्वास्थ्य सचिव खगराज बराललाई पनि केही दिन विहानै मन्त्रालयमा उपस्थित हुन आग्रह गरेका छन् । जवाफमा बरालले समय मिलाउने बताए ।
‘स्वास्थ्य मन्त्रालय धेरै संरचना भएको मन्त्रालय हो । जनताको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने पनि मन्त्रालय हो । स्थानीय तहसम्म यसको संरचना पुगेको छ । अहिले चाँही जनताको अपेक्षा पनि अलि बढी नै छ । त्यसैले काममा ढिलाई गर्ने कुरै छैन । विहानको समयमा आएर काम गर्नुपर्छ । तपाँईले पनि केही दिन मिलाउनु परयो,’ सचिवलाई आग्रह गर्दै मन्त्री ढकालले भने ।
उनले तत्कालका लागि विहान ८ देखि ११ बजेसम्म कसैलाई भेट नदिई काम गर्ने र त्यसपछि मात्रै भेटने योजना बनाएको सुनाए । ‘स्वास्थ्यमा धेरै कुरा बुझ्नु पर्ने छ । यसका लागि केही समय त छुट्याउनु परयो । त्यसैले विहानको समय निर्धारण गर्न भनेको हुँ,’ उनले भने ।
स्वास्थ्यमा अपेक्षा अनुसार काम भएन भन्ने सुनेको बताउने ढकालले आफूले कारण पत्ता लगाएर त्यो गुनासो हटाउने प्रतिवद्धता जनाए ।
पदवहाली पछि स्वास्थ्य मन्त्री ढकालको निर्देशन
सम्पर्क इमेल : [email protected]
Office time 10-5 ho… Ramro kaam garne ho bhane yo nai kafi chha… 8 baje aunu parne jarurat chaina…SSarkari karma Hari time MA aaudainan… Baru 8 bajeko satta 9.59 MA sabailai aaipuge nirdesan diye huncha…