सुस्त मनस्थितिकी १२ बर्षीया बालिकाको प्रसूतिगृहमा गर्भपतन

काठमाडौँ, २२ कात्तिक ।  अछामकी १२ बर्षीया बालिकाको थापाथलीस्थित प्रसूतिगृहमा गर्भपतन गराईएको छ । बिहीबार बेलुकाबाट औषधि चलाई शुक्रबार (आज) गर्भपतन गराइएको हो । अहिले उनको अवस्था सामान्य भएको अस्पतालले छ ।

अछामस्थित रामारोशनकी १२ बर्षकी सुस्त मनस्थितिकी बालिकालाई कुकुरले टोकेपछि रेविज रोगविरुद्धको सुई लगाउन अस्पताल लैजाँदा उनी गर्भवती भएको परिवारले थाहा पाएका थिए ।

सुईलगाउन बयलपाटा लगिएको थियो । परिवारको सदस्यले पेट फुले जस्तो महसुस गरेपछि जाँच गर्न लगाउँदा, चिकित्सकले गर्भवतीको शंका मानि जिल्ला अस्पताल रिफर गरेका थिए । त्यहाँ पुगेर जाँच गराउँदा चिकित्सकहरुले २०- २१ हप्ताको गर्भ रहेको हुनसक्ने बताएका थिए । उमेर सानै भएकाले समस्या हुने जनाउँदै जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत उनलाई प्रसूति गृहमा ल्याइएको थियो।

प्रसूतिगृह अस्पतालका निर्देशक डा जागेश्वर गौतमले शुस्त मनस्थितिकी अविवाहित बालिकामा गर्भ रहँदा अनेक खालका जोजिम र समस्या हुनसक्ने ठानेर गर्भपतन गराउने निर्णयमा पुगेको बताए । ‘हामीले सबै परीक्षण पछि हिजो बेलुका औषधि चलायौँ । आज विहान टर्मिनेट भयो,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *