सुरक्षाको माग गर्दै चिकित्सकले बुझाए सरकारलाई सेतोकोट

काठमाडौँ, १४ असोज । पेशागत सुरक्षा दिन नसकेको भन्दै चिकित्सकले सरकारलाई सेतोकोट बुझाएका छन् । आज विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका उनीहरुले स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवलाई भेटेर सेतोकोट बुझाएका हुन् ।

एक पछि अर्को गर्दै चिकित्सक माथि दुव्र्यवहार र आक्रमण भइरहँदा समेत सरकार चुप लागेर बसेको भन्दै आफ्नो पेशाको महत्वपूर्ण प्रतिक सेतोकोट सरकारलाई बुझाएको डक्टर्स सोसाइटी अफ नेपालका महासचिव डा तोसीमा कार्कीले बताइन ।

ओम अस्पतालमा उपचाररत विरामीको मृत्युपछि बरिष्ठ चिकित्सक प्राडा भोलाराज जोशीमाथि युटुवर तथा बिरामीका आफन्तले दुव्र्यवहार गरेको भन्दै चिकित्सक समुदाय आक्रोशित भएको छ । सोही घटनालाई लिएर हिजो १० वटा छुट्टा छुट्टै संगठनले विज्ञप्ती जारी गर्दै पेशागत सुरक्षाको माग गरेका थिए ।

आजको कोट बुझाउने कार्यक्रम त्यसैको निरन्तरता हो । कोट बुझाउन कार्की सहित डा पुष्पमणी खराल, डा भुपेन्द्रकुमार बस्नेत सहितको केही चिकित्सकको समूह राज्यमन्त्री समक्ष पुगेको थियो । सो अवसरमा उनीहरुले राज्यमन्त्री यादवलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “सुरक्षाको माग गर्दै चिकित्सकले बुझाए सरकारलाई सेतोकोट

Leave a Reply to praveen Cancel reply

Your email address will not be published. Required fields are marked *