सात वर्ष पछि फेरी नीतिमा पर्‍यो ‘सेन्टर फर डिजिज कन्ट्रोल’ र ‘राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण’ स्थापना गर्ने विषय

काठमाडौँ, २८ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको संयुक्त वैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यका नयाँ जस्तो देखिने दुई विषय पनि परेका छन् । ती हुन सेन्टर फर डिजिज कन्ट्रोल र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने विषय ।

तर, अहिले नयाँ जस्तो देखिए पनि यी दुई विषय सरकारले सात वर्ष अघि पेशगरेको नीति तथा कार्यक्रममा नै उल्लेख थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/०७७ मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य संस्था र सेवाहरुको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिनेछ भनिएको थियो ।

यस्तैगरी तत्कालीन राष्ट्रपति भण्डारीले दुबै सदनको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रमको बुँदा नं ५७ मा रोगको रोगथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना गरिनेछ भनिएको थियो ।

त्यसबेला नै सरकारको नीति तथा कार्यक्रममा परे पनि अहिलेसम्म त्यसले कुनै मुर्त रुप पाएको छैन । सो आर्थिक वर्षमा मन्त्रालयले यी दुई केन्द्र स्थानपनाका लागि केही होमवर्क गरेका पनि थिए तर अर्को वर्ष सरकार परिवर्तन भएसंगै यसले मुर्त रुप लिन पाएको थिएन ।

यसपटक भने बलियो सरकारले सो विषयलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा पारेको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *