केएमसी अस्पतालमा जन्मिए चम्ल्याहा शिशु

काठमाडौँ, ८ असोज । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) टिचिङ हस्पिटलमा एक महिलाले एकैपटक चार जना शिशु जन्माएकी छन् । धनगढीकी २७ वर्षिया खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरूलाई जन्म दिएकी हुन् ।

आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् जन्माइएका ति शिशुहरूमा तीनजना छोरा र एकजना छोरी छन्।

तीनजना शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको तर एकजनाको अवस्था भने अस्थिर देखिइरहेको बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राडा चन्दा कार्कीले बताइन ।

उनका अनुसार टेस्टट्युब बेबीका रूपमा जन्माइने सन्तानका हकमा भने धेरै बच्चा रहन सक्छन् । तर उनको भने सामान्य अवस्थामै गर्भ रहेको हो ।

‘धनगढीमा चेकजाँच गर्दा ४ वटा बच्चा भएको थाह भयो । त्यहाँका चिकित्सकले यहाँका लागि रिफर गर्नुभएपछि उहाँ केएमसीमा आउनु भएको हो । पेट ठूलो भएर अफ्टेरो भएपछि हामीले आज सल्यक्रिया गरी सुत्केरी गराएका हौँ,’ प्राडा कार्कीले भनिन् ।

बुधवार जन्मिएका शिशुहरू ३४ हप्ता पुगेपछि जन्मिएका कारण ती शिशुहरूलाई श्वासप्रश्वासमा कठिनाई हुनसक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन्।

सामान्यतस् नवजात शिशु जन्मंदा साढे दुई किलो तौल हुनुपर्ने मानिन्छ। ३४ हप्ता पूरा भएपछि फोक्सो पूर्ण रूपमा विकास हुनेगर्छ।

जन्मिएका शिशुमध्ये सबैभन्दा कम एकजनाको तौल ९५० ग्राम र बाँकी तीनको क्रमशस् झण्डै १.४ केजी, १.५ केजी र १.६ केजी रहेको चिकित्सकहरूले बताएका छन्। शाहीको यसअघि छोरी छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *