स्वास्थ्य सेवा विभागका नयाँ महानिर्देशक डा. पोखरेलले जिम्मेवारी सम्हाले

काठमाडौँ, ३१ भदौ ।  स्वास्थ्य सेवा विभागका नयाँ महानिर्देशक डा रोशन पोखरेलले जिम्मेवारी सम्हालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आज निमित्त महानिर्देशक नियुक्त भएको पत्र पाए लगत्तै उनी टेकुस्थित विभाग पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

लामो समय कोही अस्पतालमा निर्देशक बनेका डा पोखरेलको समायोजन पछिको पदस्थापनमा जिम्मेवारी फेरिएको थियो । एघारौँ तहका उनी पछिल्लो समय कन्सलट्यान्टको भूमिकामा थिए । उनको स्थानमा विभागका तत्कालिन निमित्त महानिर्देशक डा गुणराज लोहनीलाई लगिएको थियो ।

डा लोहनीको कोशीमा पदस्थापन गर्दा विभागमा १२ औँ तहका प्रमुख विशेषज्ञ रहेका डा सुशीलनाथ प्याकुरेललाई महानिर्देशक बनाइएको थियो । उनको गत २२ भदौमा उमेरहका कारण अवकाश भएको थियो । त्यसयता विभाग महानिर्देशक विहीन थियो ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै पोखरेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *