डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको समायोजन तत्काल कार्यान्वयन नहुने
काठमाडौँ, २५ भदौ । डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै तत्कालका लागि पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले अर्को आदेश नहुँदासम्म यथास्थानमा रहेर कामकाज गर्न गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले डेंगु प्रकोप फैलिएका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालका लागि प्रसूति विदा, अध्ययन विदा र किरिया विदा बाहेक अन्य विदा स्वीकृत नगर्न नगराउन समेत मातहतका निकायलाई निर्देशन दिएको छ ।
यस्तो छ मन्त्रालयको पत्र

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




अब स्थानीय सरकार र प्रदेश सरकारलाई अनुरोध मात्रै गर्ने सकिन्छ
माने ठिकै हो नमाने मान्न कर छैन !!!!