डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको समायोजन तत्काल कार्यान्वयन नहुने

काठमाडौँ, २५ भदौ ।  डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै तत्कालका लागि पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले अर्को आदेश नहुँदासम्म यथास्थानमा रहेर कामकाज गर्न गराउन निर्देशन दिएको हो ।

मन्त्रालयले डेंगु प्रकोप फैलिएका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालका लागि प्रसूति विदा, अध्ययन विदा र किरिया विदा बाहेक अन्य विदा स्वीकृत नगर्न नगराउन समेत मातहतका निकायलाई निर्देशन दिएको छ ।

यस्तो छ मन्त्रालयको पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको समायोजन तत्काल कार्यान्वयन नहुने

  1. अब स्थानीय सरकार र प्रदेश सरकारलाई अनुरोध मात्रै गर्ने सकिन्छ
    माने ठिकै हो नमाने मान्न कर छैन !!!!

Leave a Reply to सुदर्शन Cancel reply

Your email address will not be published. Required fields are marked *