ईशान बाल तथा महिला अस्पतालले मनायो २४ औँ बार्षिकोत्सब

काठमाडौँ, ८ भदौ । बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पतालले २४ औ बार्षिकोत्सव मनाएको छ । निजी क्षेत्रको पहिलो बाल अस्पतालको रुपमा परिचित यस अस्पताल पछिल्लो समय प्रसूति तथा स्त्री रोगको उपचारमा समेत ख्याति कमाएको छ ।

शनिबार आयोजित विशेष समारोहमा अस्पतालका कार्यकारी निर्देशक डा आरपी चौधरीले अस्पतालको शुरुवाती दिन देखि अहिलेसम्मको उतारचडाव प्रस्तुत गरे । उनले सेवामा गुणस्तर थप्नका लागि अस्पतालले शुरु गरेका नयाँ नयाँ उपचार पद्धती र उपकरणको बारेमा जानकारी दिए । तर स्थान अभाव तथा अन्य विविध कारणले अस्पतालको बेडसंख्या भने बढाउन नसकिएको उनले जानकारी दिए ।

२४ बर्ष अघि १५ बेडबाट सेवा थालेको ईशान अहिले २५ बेडको स्वीकृति पाएको छ । यद्धपी ५३ बेडको स्वीकृति पाउने क्रममा रहेको निर्देशक प्राडा चौधरीले बताए ।

त्यसो त ईशानले अहिले भएको अस्पताल भवनबाट केही सय मिटर पछाडी नयाँ अत्याधुनिक भवन निर्माण शुरु गरेको छ । सो भवन सम्पन्न हुनासाथ १०० बेडमा अस्पताल सञ्चालन हुने बताइएको छ ।

बार्षिकोत्सव समारोहमा प्रमुख अतिथि बनेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेलले ईशानले दिएको सेवाको खुलेर प्रसंशा गरे । उनले यति लामो समयसम्म अस्पतालको स्तरोन्नती हुन नसक्नु दुखद भएको भन्दै छिटै नै यसको आकार बृहत हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अस्पतालका अध्यक्ष डा नारायणबहादुर थापाले अस्पतालले दिएका सेवा साथै अहिलेसम्म आईपुग्दा बेहोरेको कठिनाई बारेमा ब्याख्या गरेका थिए ।

कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल लगायतले अस्पतालको सुभेक्षा सहित मन्तव्य राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *