क्यान्सरबाट जोगिन चाहनुहुन्छ ? यी हुन् चार सुत्र

kishore
किशोर कुमार प्रधानांग,   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

१ ) सुर्तीजन्य पदार्थ र जाँड रक्सीकोे सेवन नगर्ने  :

चूरोट, बिडी, तमाखू, खैनी,सुर्ती आदिको सेवनले मूख, श्वासनली, फोक्सो, आमाशय, गर्भाशय, मूत्रनली, मिर्गौला आदि अङ्गहरुको क्यान्सर हुन्छ । त्यसकारण यी चीजको सेवन नगर्नु सबैभन्दा सरल उत्तम उपाय हो ।

२) अस्वस्थ्यकर खानपिन र बानी व्यवहारमा सुधार गर्ने :

वातावरणीय र व्यवसायिक प्रदुषण,बासी, सडेगलेको ,ढूसी परेको,हानिकारक रङ्गहरू भएको खाना,किटनाषक औषधि र रसायनिक मलहरू प्रयोग भएको अन्न, फलफुल, तरकारी र सागपातहरू,धेरै नुनिलो,वोसो भएको मासुको सेवनले विभिन्न अंगको क्यान्सर गराउने भएकोले नखाने  । cancer2

३)  दैनिकरुपमा सक्रिय जीवनशैली अपनाउने :

दिनहुँ कम्तीमा पनि ४५ मिनेट सम्म विभिन्न किसिमको व्यायाम वा योगा गर्ने र शरीरलाई सक्रिय राख्ने । जसले गर्दा शरीरका अंगहरु चलायमान हुन् ।

४) आफ्नो स्वास्थ्यमा केहि समस्या देखिए तत्काल स्वास्थ्यकर्मीसंग जाँच गराउने :

शरीर स्वस्थ छैन भने तत्काल स्वास्थ्यकर्मीसंग जाँच गराउनुपर्छ । शरीरमा अश्वाभाविक रुपमा गिर्खा आउने , दिसामा रगत आउने जस्ता लक्षणहरु देखिए तत्काल जाँच गराउनुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *