रम्भा गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा निःशुल्क ल्याब सेवा शुरु

168
Shares


पाल्पा, २ भदौ । सबै स्वास्थ्य संस्थामा ल्याब सेवा शुरु गर्ने रम्भा गाउँपालिका पाल्पा जिल्लाको पहिलो गाउँपालिका बनेको छ । बिरामीलाई मध्यनगर गर्दै स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउन गाउँपालिकाभित्र रहेका सबै पाँच वडामा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब, प्रसूति तथा गर्भ परीक्षण सेवा सञ्चालनमा आएको छ । पहिलो वर्ष रम्भा गाउँपालिका–१ को हुँगी, ५ को ताहुँ र ३ को पिपलडाँडाबाट ल्याब सेवा शुरुआत गरिएको थियो । दोस्रो वर्ष वडा नं २ को फोक्सिङकोट र ४ को यसै आर्थिक वर्षको साउन २९ गते हुमिनमा ल्याब सेवा शुरु गरेपछि गाउँपालिकाका सबै वडामा ल्याबको पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

“गाउँपालिकाले ल्याब सेवा पुनःसञ्चालन गर्नका लागि कर्मचारी तथा आवश्यक पर्ने सामग्रीको पूरै प्रबन्ध गरेको छ, अब प्रसूति, गर्भपतन र ल्याब परीक्षण सेवाका लागि अन्यत्र बिरामी भौतारिनुपर्ने अवस्था छैन”, उनले भने। गाउँपालिकामा ल्याब सेवा नहँुदा बिरामीलाई सदरमुकाम तानसेन र स्याङ्जाको गल्याङलगायतका स्थानमा लगेर सेवा लिनुपर्ने बाध्यता थियो, अब यो सेवा वडा वडाबाटै प्रदान गर्न थालिएको अध्यक्ष भण्डारीले बताए । यसै आवदेखि गाउँपालिकाले ल्याब परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाएको छ ।

गाउँपालिकाको वडा नं १ मा हुँगी स्वास्थ्यचौकी, वडा नं २ मा फोक्सिङकोट स्वास्थ्यचौकी, ३ मा पिपलडाँडा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइ केन्द्र, वडा नं ४ मा हुमी स्वास्थ्यचौकी र वडा नं ५ मा ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा गाउँपालिकाले ल्याब सेवा सञ्चालन गरेको छ ।

ल्याब सेवाको शुरुआत भएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको स्वास्थ्य शाखा संयोजक महेश आचार्यले बताए। “ल्याब परीक्षण सेवा निःशुल्क भएपछि बिरामीले अहिले नियमितरुपमा स्वास्थ्य परीक्षण गराउन थालेका छन्, यो कार्यक्रमले गरीब, विपन्न व्यक्तिलाई ठूलो राहत पुगेको छ”, उनले भने ।

यसअघि बिरामी बाहिर निजी स्वास्थ्य संस्थामा रु १०० देखि ५०० सम्म शुल्क तिरेर ल्याब परीक्षण गराउन बाध्य रहेका थिए । अब भने गाउँमै निःशुल्क ल्याब परीक्षण गराएर उपचार सेवा पाएपछि उत्साहित भएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *