एमबीबीएसमा ७८ प्रतिशत, बीडीएसमा ३९ प्रतिशत उत्तीर्ण

काठमाडौँ, ११ साउन । नेपाल मेडिकल काउन्सिलले आज सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७८ प्रतिशत उत्तीर्ण भएका छन् । एमबीबीएस र बीडीएस परीक्षा उत्तीर्ण भएकाहरुले दिएको परीक्षामा एमबीबीएस तर्फ ७८ प्रतिशत र वीडीएस तर्फ ३९ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

काउन्सिल सदस्य प्राडा ढुण्डी पौडेलका अनुसार यसपटकको परीक्षाका लागि एमबीबीएस तर्फ १ हजार ६८१ जनाले नाम दर्ताका लागि फारम भरेका थिए । त्यसमध्ये ८ जना अनुपस्थित थिए । परीक्षामा एमबीबीएस १ हजार ३११ जना उत्तीर्ण भएका छन् । यस्तै बीडीएस तर्फ ३५३ जना सहभागी थिए त्यसमध्ये १३८ जना मात्रै पास भएका छन् ।

परीक्षाको संयोजक बनेका डा पौडेलले अघिल्लो पटकको तुलनामा यसपटक नतिजामा धेरै सुधार भएको बताए । यद्धपी साढे तीन सय बढी परीक्षार्थी अनुर्तीण हुनु चिन्ताको विषय भएको बताए ।

आजको परीक्षा सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *