फेसबुक र इन्स्टाग्रामले लगायो मदिरा तथा सूर्तिजन्य पदार्थको प्रचारप्रसारमा प्रतिवन्ध


सीएनएन । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम मार्फत अब देखि मदिरा तथा सूर्तिजन्य पदार्थको सम्वन्धी सामग्रीको बिक्री तथा प्रवर्धन गर्न नपाइने भएको छ ।

सामाजिक सञ्जालमा राखिएका कतिपय सामग्रीकै कारण किशोर किशोरीहरु कुलतमा फस्न थालेपछि फेसबुकले आज देखि यो नियम लागू गरेको हो ।

फेसबुक कम्पनीकी प्रवक्ता जुलले आज नयाँ नीति सार्वजनिक गर्दै अबदेखि मदिरा र सूर्तिजन्य सम्वन्धित पदार्थको विक्री वितरण, व्यापार, ढुवानी, उपहार दिने सम्वन्धी प्रचार प्रशारमा रोक लगाइएको बताइन ।

कतिपय व्यापारीहरुले फेसबुक र इन्स्टाग्रामको मद्धतमा आफ्ना बस्तुहरुको मार्केटिङ गरिरहेको र यसले युवा तथा किशोर किशोरीहरुलाई कुलत तर्फ लैजान लागेको गुनासो बढेपछि फेसबुकले यस्तो नीति ल्याएको हो ।

नयाँ नीति अनुसार मदिरा र सूर्तिजन्य पदार्थ, जसमा इ सिगरेट र भ्यापर समेतको विक्री तथा पैठारी गर्न मद्धत पुरयाउने विषय बस्तुलाई पूर्ण रुपमा निषेध गरेको छ । यो नियम जुुनसुकै उमेर समूहकोमा लागू हुने बताइएको छ ।

फेसबुक कम्पनीले आजदेखि लागू भएको सूर्ति तथा मदिराजन्य पदार्थको नियन्त्रण गर्ने नियम कार्यान्वयन नगरीत्यसको विरुद्धमा गतिविधि गर्ने फेसबुक ग्रुपहरुलाई निगरानी गर्ने र र ग्रुप नै हटाउन सक्ने समेत जनाएको छ । यो नियमबारे पहिले देखिनै सचेत गराएपनि कतिपयले निजी प्रयोगकर्ताहरुले यसमा अटेरी गर्दै आएका थिए । उसले आजदेखि फेसबुक ग्रुपका एडमीनलाई समेत यसबारेमा जानकारी दिइने बताएको छ ।

कम्पनीले यस्ता पोष्टहरुको निरन्तर निगरानी गर्न सुरु गरेको भन्दै यस्ता विषय बस्तु खोज्ने र हटाउने काम शुरु गरिने बताएको छ । त्यसो त फेसबुक र इन्स्टाग्रामले १८ बर्ष मुनिकालाई पनि यस बाहेकका अरु बस्तुहरुको पोष्ट गर्न बन्देज लगाएको छैन ।

पहिले पैसा तिरेपछि जसले पनि जुनसुकै व्यक्तिले सूर्तिजन्य पदार्थको बारेमा पोष्टको गर्न पाउथ्यो । फेसबुकले उद्योगीहरुको बढ्दो हस्तक्षेप रोक्नका लागि यस्तो नीति लिएको बताएको छ ।

गत वर्ष सीएनएनको खोजी रिपोर्टले सबैभन्दा ठूलो भ्यापर उद्योग अमेरिकामा भएको बताएको थियो । उसले पैसा तिरेर इन्स्टाग्रााममा आफ्नो बस्तुको बजारीकरण गरेको थियो । यसले पछिल्ला महिनामा किशोर किशोरीमा महामारीको रुप लिएको कम्पनीको दावि छ ।

एफडीएका अनुसार अघिल्लो बर्षको तुलनामा सन् २०१८मा मात्रै माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुमा भ्यापिङ प्रयोग दर ८० प्रतिशतले बृद्धि भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *