गन्ध : किन हुन्छ सुगन्ध र दुर्गन्ध ? 

बीबीसी । यो तपाईँको बंशाणुसंग सम्वन्धित छ । कुनैपनि दुई जना व्यक्तिले कुनै एउटा कुराको गन्धलाई दुरुस्तै उस्तै बुझ्दैनन् । यदि उनीहरु आनुवंशिक रुपमै एउटै छन् भने मात्रै एकै प्रकारले गन्ध सुँघ्न सक्छन् ।

जव तपाईँले केही कुरा सुँघ्नुहुन्छ, गन्धका अणुहरु तपाईँको नाक भित्र छिरिसकेका हुन्छन् । यी अणुहरु नाकभित्र गन्ध थाह पाउने कोषलाई छोप्ने सिंगानमा टाँसिन्छन् । गन्ध कोषले केही गन्ध प्राप्त भयो भने विद्युतीय संकेतहरु पठाउँछन् ।

मान्छेको नाकमा ४०० वटा त्यस्ता गन्ध कोष हुन्छन् । फरक किसिमका गन्धले फरक कोषलाई सक्रिय बनाउँछन् । जसले स्नायू तन्तुलार्य सक्रिय बनाउँछन् । फरक गन्ध कोषहरु मिलेर फरक गन्ध सुँघ्न सक्ने बनाउँछन् ।

मान्छेले दश खर्वभन्दा बढी किसिमका गन्ध थाहा पाउन सक्छन् ।

वैज्ञानिकका अनुसार गन्ध कोषहरु बंशाणुको फरकपनले गन्ध सुघ्ने क्षमता प्रभावित हुन्छ । त्यसैले एउटै गन्धलाई दुई मानिसले फरक किसिमले सुँघ्न सक्छन् ।
तर के सबैले उस्तै सुघ्ने राम्रा र नराम्रा गन्ध छन् ? छन् र छैनन् पनि ।

अनुसन्धानकर्ताले गन्ध पत्ता लगाउने कुरा वंशाणु र सिकाईमा पनि भर पर्ने बताउँछन् । गन्धले राम्रो संस्मरण जागृत गरिदियो भने तपाईँले गन्ध मन पराउने सम्भावना धेरै हुन्छ ।

बैज्ञानिकहरु भन्छन्, कुनै चीज चिने नचिनेकोबाट पनि हामी गन्ध पत्ता लगाउँछौँ । त्यसैले खाने चीज, प्याज र मसलाको गन्ध मन पर्छ कि पर्दैन भन्ने कुरा तपाईँ संसारको कुन ठाँउमा बस्नुहुन्छ भन्नेसंग सम्वन्धित हुनसक्ने सम्भावना छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *