लुम्बिनी मेडिकल कलेजबाट हराएको नबजात शिशु स्याङ्जामा फेला, एक महिला पक्राउ

तस्बिर : इरानीमहल डटकम

पाल्पा, २८ असार । लुम्बिनी मेडिकल कलेज शिक्षण असप्तालमा जन्मिएको चार घण्टा पछि नै हराएको शिशु फेला परेको छ । प्रहरीले उक्त शिशुलाई स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा फेला पारेको हो । शिशु अपहरण गरेको आरोपमा प्रहरीले एक महिला पक्राउ परेकी छन् ।

शुक्रबार दिउँसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार महिलालाई सिसिटिभि फुटेजको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

शिशु चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए । सापकोटाका अनुसार महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य छ ।

चार दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् । त्यसबेलामा सुत्केरी जमुना भने अचेतजस्तै थिइन् ।

बच्चा हराउनेवित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा प्रहरीले खोजी थालेको थियो । सिसिटिभी फुटेजको आधारमा महिलाको हुलिया पत्ता लगाएर पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *