नर्सिङ काउन्सिलमा रिक्त तीन सदस्यका लागि निर्वाचन हुँदै

काठमाडौँ, २५ असार । नेपाल नर्सिङ काउन्सिलले रिक्त तीन सदस्य पदका लागि आगामी २८ भदौमा निर्वाचन गर्ने भएको छ । ती पदहरु पछिल्लो आठ महिना देखि रिक्त थिए ।

काउन्सिल रजिष्ट्रार विन्दा घिमिरेले लामो समय देखि रिक्त ती पदमा निर्वाचन गरी पदपूर्ति गर्न लागिएको बताइन । यसअघि ती पदहरुमा पदपूर्ति नेपाल नर्सिङ संघको निर्वाचनका बेला हुने गर्दथ्यो ।

‘संघमा निर्वाचन हुँदा तीन पद काउन्सिलका लागि समेत संगसंगै हुने गर्दथ्यो । यसपटक त्यो हुने भएन । काउन्सिल आफैले निर्वाचन गर्ने भयो,’ रजिष्ट्रार घिमिरेले भनिन् । उनका अनुसार निर्वाचनका उम्मेद्धार बन्न नर्सिङ काउन्सिलमा नाम दर्ता (लाइसेन्स) लिएको कम्तीमा ५ बर्ष पुगेको हुनुपर्छ ।

पन्ध्र सदस्यीय नेपाल नर्सिङ काउन्सिलको कार्यसमिति अहिले पदाधिकारी सहित आठ जनामा खुम्चिएको छ । कार्यसमिति बैठकमा एक जना मात्रै सदस्य अनुपस्थिति भए कोरम नपुगेर बैठक स्थिगित हुने अवस्थामा पुग्दछ, निर्णय गर्ने विषय त परको कुरा ।

किन यस्तो भइरहेछ ? नेपाल नर्सिङ काउन्सिलका रजिष्ट्रार घिमिरे भन्छिन्, ‘चुनावबाट आउनुपर्ने सदस्य नआएको र विभिन्न निकायबाट हुने नियुक्ति नपाएपछि कार्यसमिति सदस्यको संख्या झण्डै आधामा झरेको हो ।

काउन्सिलमा चुनावबाट ३ जना, नर्सिङ क्याम्पसबाट प्रतिनिधित्व गर्दै आउने एक जना सदस्य पदमा नियुक्ति हुन सकेको छैन । स्वास्थ्य सेवा विभागका महानिर्देशकको सिफारिसमा हुनुपर्ने एक सदस्यको नियुक्ति पनि रोकिएको छ । यस्तै मेट्रोनहरुबाट आउने २ जना सदस्यको कोटा पनि अहिले खाली नै छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *