चिकित्सा शिक्षा आयोगको कार्यकारी प्रमुखका लागि अझै परेन आवेदन

काठमाडौँ, २० असार । चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन भन्दै गठित शक्तिशाली चिकित्सा शिक्षा अयाोगको कार्यकारी प्रमुखमा आवेदन खोलिएको ११ दिनसम्म एक जनाको पनि आवेदन परेको छैन ।

आयोगको कार्यकारी प्रमुख रहने उपाध्यक्ष पदका लागि शिक्षा मन्त्रालय अन्तरगर्तको नाम सिफारिस समितिले १५ दिनको समय राखेर ९ असारमा आवेदन माग गरेको थियो ।

स्रोतका अनुसार आयोगमा तोकिएको उमेर हदबन्दी उपाध्यक्ष भइसकेपछि पुरानो काममा फर्किन नपाईने र विस्तृत कार्ययोजना प्रस्तुत गर्नुपर्ने जस्ता व्यवस्थाका कारण उपाध्यक्ष पदमा आकर्षण नदेखिएको हो ।

सिफारिस समितिले ऐनमा भएको व्यवस्था अनुसार ६१ बर्ष उमेर ननाघेको र चिकित्सा शिक्षा आयोगसंग कुनै स्वार्थ टकराव नभएको व्यक्ति हुनुपर्ने योग्यता तोकेको छ । उमेर हदको मापदण्ड अनुपयुक्त भएकाले अहिलेसम्म दरखास्त सून्य भएको हो,’ शिक्षा मन्त्रालयका एक कर्मचारीले भने ।

कार्यकारी प्रमुखमा नियुक्ति भएपछि त्यसअघि वहाल रहेको पदबाट स्वत पदमुक्त हुने भएकाले पनि कतिपयले खाईपाई आएको सुविधा गुमाउन नचाहेको अनुमान गरिएको छ ।

कार्यकारी प्रमुख हुन मान्यताप्राप्त विश्वविदालयबाट चिकित्साशास्त्र कुनै पनि विधामा कम्तिमा २० बर्षको अनुभव भएको वा चिकित्सा क्षेत्रा कम्तिमा १० बर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा २० बर्षको अनुभव भएको हुनुपर्छ ।

  • आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *