भत्काइने योजनामा रहेको पुरानो भवनमा ८० लाखको लिफ्ट हाल्दै वीर अस्पताल

काठमाडौँ, ११ असार । केही बर्ष भित्रै भत्काउने योजना रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यालय रहेको पुरानो भवनमा यतिवेला धमाधम लिफ्ट जडान गरिदैछ । त्यो पनि भवन बाहिर रहेको चमेनागृहको छेउबाट छुट्टै ।

भुकम्पका कारण कतिपय स्थानमा क्षति पुगेको यो भवन आकस्मिक कक्ष भन्दा पारीपट्टी बन्दै गरेको सात तल्ले अत्याधुनिक भवन निर्माण सम्पन्न भएपछि भत्काइने योजनामा परेको छ । अबको दुई चार बर्ष भित्रै भत्काइने योजनामा रहेको यो भवनमा ८० लाख रुपैयाँ खर्च गरेर बाहिरपट्टी (चमेनागृह छेउबाट) लिफ्ट जडान गरिदैछ ।

‘सो भवनमा तीन तल्लासम्म बिरामी राखिएको छ । चौथो तल्लामा भने न्याम्सको कार्यालय रहेको छ । बिरामीहरुका लागि तीन तलासम्म पुग्ने पुरानै लिफ्ट छ । अब न्याम्सका पदाधिकारीलाई मात्रै भनेर यो पुरानो भवनमा बाहिरबाट लिफ्ट राख्न खोजेर किन पैसा खर्च गरेको होला ?,’ वीर अस्पतालका एक कर्मचारीले भने । उनले दुई चार बर्ष भित्रै भत्किने भवनमा यो लिफ्ट राख्नु अनावश्यक खर्च भएको समेत बताए ।

तर वीरका निर्देशक डा. केदार सेन्चुरी लिफ्ट राख्ने निर्णय आफू भन्दा अघिल्ला पदाधिकारीहरुले गरेको भन्दै अहिले आफूले त्यसको कार्यान्वयन मात्रै गरेको बताए । ‘यो विषय अघिल्ला पदाधिकारीहरुले गरेको निर्णय रहेछ । अहिले त त्यसको कार्यान्वयन मात्रै भएको हो,’ उनले भने ।

 

यस विषयमा कुरा गर्न खोज्दा पूर्व पदाधिकारीहरु भने सम्पर्कमा आउन चाहेनन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *