बिरामी मृत्यु प्रकरण : ओम अस्पतालमा तोडफोड, प्रहरीद्धारा लाठीचार्ज र अश्रुग्यास प्रहार

2.5k
Shares
बिरामीको मृत्यु पछि ओम अस्पताल परिसरमा नाराबाजी गर्दै आफन्त

काठमाडौँ, ३१ जेठ । उपचाररत बिरामीको मृत्युपछि हिजो देखि अशान्त बनेको ओम अस्पतालमा आज तोडफोड भएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्ज, अश्रुग्यास प्रहार गरेको छ । कैयौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

गत शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएकी ५० बर्षीया रामप्यारी थापा मगरको हिजो बिहान मृत्यु भएको थियो । चिकित्सकले शल्यक्रिया गर्दा असावधानीबस सानो आन्द्रामा परेको र सो टाल्न बिर्सदा इन्फेक्सन बढेर उनको मृत्यु भएको बताइएको छ ।

इन्द्रावती १० सिन्धुपाल्चोक स्थायी घर भई नयाँ बानेश्वर बस्ने थापा मगरको डा रबिन कोइरालले शल्यक्रिया गरेका थिए ।
मृतकका बैनी ज्वाई खड्गबहादुर श्रेष्ठले हिजो देखि नै आफूहरुले न्याय मागेको तर अस्पताल प्रशासनले स्थति भडकाएर दोष हामीमाथि थोपर्न उद्धत रहेको बताए ।

उनले भने, ‘आज पनि हामीले न्याय चाहियो भनेर नाराबाजी गरेका थियौँ तर घुस पैठिहरुलाई घुसाएर तोडफोडमा उतारयो र स्थिति भडकायो । हाम्रा धेरै साथीहरु घाइते भएका छन्, पक्राउ परेका छन्  । ‘

तोडफोडबाट अस्पतालको अगाडीको भागको सिसाहरु फुटेको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *