विस्फोटक पदार्थ त छैन ? स्वास्थ्य मन्त्रालयमा सर्च गर्दै प्रहरी

624
Shares

काठमाडौँ, २७ जेठ । दुईवटा तालिम प्राप्त कुकुर सहित आएको प्रहरीको विशेष टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कुना कुना ‘चप्पा मारेको’ छ । मन्त्रायल परिसरमा हातहतियार तथा विष्फोटक पदार्थ पो छ कि भन्दै तालिम प्राप्त कुकुर सहित आएको प्रहरीको टोलीले मन्त्रालय परिसरमा ‘चप्पा मारेको’ हो ।

सिंह दरबार भित्रका मन्त्रालयको तुलनामा सर्वसाधारणलाई समेत सहज पहुँच भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुरक्षाको दृष्टिकोणले सम्वेदनशील मानिन्छ । त्यसैले पनि पनि प्रहरीले गस्ति बढाएको हुनसक्ने मन्त्रालयका एक अधिकारीले बताए ।

‘सर्च’का लागि आएको प्रहरी टोलीले भने मन्त्रालयहरुको नियमित गस्ती गर्ने क्रममा आफूहरु आज स्वास्थ्य मन्त्रालय आएको बताए ।

यसरी गरिएको थियो सर्च

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *