चिकित्सकका लागि काउन्सिलले शुरु गर्‍यो सीपीडी, अब पाँच बर्ष भित्र सय अंक ल्याउनै पर्ने

काठमाडौँ, १७ जेठ ।  नेपाल मेडिकल काउन्सिलले चिकित्सिकहरुका लागि तयार पारेको निरन्तर पेशागत सीप विकास अर्थात कन्टिन्युयिङ प्रोफेसनल्स डेभलपमेन्ट (सीपीडी) तालिमको कार्यारम्भ भएको जनाएको छ ।

काउन्सिलले बदलिँदो समय, प्रविधि र नयाँ नयाँ रोगका चुनौतीसंग जुध्नका लागि चिकित्सकहरुलाई सीपीडी तालिम आवश्यक भएको र अनिवार्य गरेको जनाएको छ ।

काउन्सिल अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले चिकित्सा पेशामा निरन्तर अध्ययन तथा सीप आर्जनको आवश्यकता पर्ने भएकोमा अन्तराष्ट्रिय चलन तथा मापदण्ड अनुसार सीपीडी कार्यक्रम लागू गरिएको बताए । ‘अहिले हामीले तय गरेको मोडलमा पाँच बर्षमा निश्चित अंक ल्याउने गरि जुनियर, सिनियर सबै खालका चिकित्सकलाई सीपीडी अनिवार्य गर्ने प्रस्ताव ल्याएका छौँ,’ उनले भने, ‘यसैको आधारमा चिकित्सकहरुको लाईसेन्स नविकरण हुन्छ’ प्राडा बास्कोटाले बताए ।उनले दुर्गम स्थानका चिकित्सकहरुलाई स्थानीय तहमै गएर तालिमको व्यवस्था गर्न योजना रहेको बताए ।

काउन्सिलले तय गरेको सीपीडी कार्यक्रममा अब चिकित्सकले पाँच बर्ष भित्र जम्मा १०० अंक प्राप्त गर्नुपर्नै छ । जसमा ३० अंक अनिवार्य भनि तोकिएको विषयबाट ल्याउनुपर्छ भने बाँकी ७० अंक आफ्नो व्यावसायिक रुचीको क्षेत्रबाट प्राप्त गर्न सकिनेछ ।

अनिर्वाय विषयमा मेडिकल तर्फका चिकित्सकहरुले बेसिक लाइफ सपोर्ट, मेडिकल इथिक्स, कम्युनिकेशन स्कील, इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल, ¥यासनल यूज अफ ड्रग भन्ने विषयको तालिम लिनुपर्ने छ । डेन्टल तर्फका चिकित्सकहरुले मेडिकल तर्फका चिकित्सकहरुले लिने तालिम सहित थप दुई विषयहरु मेडिकल इमरजेन्सी र प्राक्टिस म्यानेजमेन्ट इन डेन्टिष्ट्रीमा तालिम लिनुपर्ने छ । उनीहरुले थप दुई विषय लिए वापत ४० अंक पाउनेछन् ।

सीपीडीमा व्यावसायिक क्षेत्र भन्नाले चिकित्सकले आफ्नो रुची अनुसार कार्यरत चिकित्सा अभ्यास क्षेत्र मानिनेछ । जस अन्तरगर्त चिकित्सकहरुले प्राप्त गरेका शैक्षिक योग्यता, तालिम, प्रकाशित गरेका लेख रचना, पुस्तक र नियमित रुपमा सम्मिलित हुने कन्फरेन्स, सेमिनार तथा वर्कसप लगायतका विषयहरु हुनेछन् ।

अध्यक्ष प्राडा बास्कोटाले सीपीडी तालिमका लागि काउन्सिले १५० जना विषय विज्ञलाई प्रशिक्षण प्रशिक्षक बनाएको बताए । उनले देशभर रहेका चिकित्सकलाई स्थानीय तहमा पुगेर प्रशिक्षण दिइने बताए । त्यसका लागि काउन्सिलले मोफसलमा १५ वटा केन्द्र समेत तयार गरिसकेको बताए ।

तालिममा वेसीक लाइफ सर्पोटको विषय १ दिन र अरु विषय आधा दिनको हुने समेत पाठ्यक्रम रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *