५० हजार राशीका दरले ६ विधामा स्वास्थ्यमन्त्री ब्लुमबर्ग पुरस्कार वितरण , को को ले पाए ?

काठमाडौँ, १७ जेठ । सूर्तिजन्य पदार्थ नियन्त्रणमा सक्रिय भूमिका खेलेका विभिन्न व्यक्ति तथा संस्थाले नगद ५० हजार राशीको स्वास्थ्य मन्त्री व्लूमबर्ग पुरस्कार जितेका छन् ।

त्यसरी पुरस्कार जित्नेहरुमा संस्थागत तर्फ सूर्ति नियन्त्रण सम्वन्धी अभियानमा संक्रिय ढंगले लागेको पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपाल, पत्रकार तर्फ गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेल र नीति निर्माणमा उत्कृष्ठ काम गरेवापत पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद खगराज अधिकारी छन् ।

यस्तै पत्रकारिताकै माध्यमबाट नीति कार्यान्वनयमा जोड दिएको नयाँ पत्रिका दैनिक, नीति कार्यान्वयमा सक्रिय ढंगले लागेका काठमाडौँका तत्कालिन प्रमुख जिल्ला अधिकारी (हाल गृहमन्त्रालय) रामकृष्ण सुवेदी र कानुन निर्माणमा संक्रिय गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *