उपचारमा लागेको ६ हजार ऋण चुक्ताका लागि अनुदान खोज्दै ८५ बर्षका बृद्धजोडी पुगे मन्त्रालयमा

काठमाडौँ, ८ जेठ । मोतिविन्दुको शल्यक्रिया गर्दा लागेको ६ हजार ऋण चुक्दा गर्न  अनुदान खोज्दै ८५ बर्षीय बृद्ध जोडी स्वास्थ्य मन्त्रालय पुगेका छन् ।

आफ्ना क्षेत्रको सांसद लेखराज भट्टको सिफारिस पत्र सहित गोदावरी नगरपालिका – ९ भानचौरका ८५ बर्षीय कृष्णद्धत्त जोशी र उनकी श्रीमती सुनमती देवी जोशी स्वास्थ्य मन्त्रालयमा पुगेका हुन् ।

कृष्णद्धत्तको गत शुक्रबार तिलगंंगा आँखा केन्द्र गौशालामा बायाँ आँखाको शल्यक्रिया भएको थियो ।

‘भोलि पट्टी फुगाउने हो । ऋण खोजेको पैसा भोलिनै तिर्न पर्ने छ । तर कहि कतै पाइएन । त्यसैले लेखराज भट्टलाई भनेर चिठी लेखाएर यहाँ आएको हो,’ स्वास्थ्य राज्यमन्त्री डा . सुरेन्द्र यादवको सचिवालयमा भेटिएका जोशी दम्पत्तीले एकै स्वरमा भने ।

आफ्ना तीन छोरा र एक छोरी गरी चार जना सन्तान रहेको बताउने जोशी दम्पत्तीले बुढेशकालमा लाग्ने रोगको उपचार गर्न मुस्किल भएको बताए ।’ छोराछोरीले के दिन्थे दिदैनन् । त्यहि बृद्ध भत्ता जम्मा गरेको पैसाले बुढाको उपचार गर्न यहाँ आएको हो,’ सुनमतिले भनिन्, ‘त्यो पैसा सकियो, ऋण तिर्न सकिएन ।’

एक महिना अघि नै काठमाडौँ आएका बृद्ध दम्पत्ती बेखर्ची भएकै कारण गौशालामा रहेको धर्मशालामा बास र बृद्धाश्रममा गएर खाने गरेको बताए ।

‘गोविन्द केसीका कट्टर समर्थक’

जोशी दम्पत्ती काठमाडौँमा अपरिचित अनुहार भने होइन । त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीको १५ औँ अनशनमा उनीहरु समर्थन गर्न काठमाडौँ आएका थिए ।

उनीहरुले त्यसबेला डा केसी समर्थनमा नागरिक समाजको तर्फबाट सामुहिक सत्याहग्रह गर्दा सहभागी भएका थिए । ‘साउनमा म पनि छ दिनसम्म डा केसीको सत्याग्रहमा सहभागी भएको हो,’ कृष्णद्धत्त जोशीले भने ।

यस्तो समर्थकले डाक्टर केसीलाई भेटनुभएन त ? छ हजार त उनले पनि दिन्थे होला नि ? उनको कुरा सुनिरहेका सचिवालयका एक कर्मचारीले प्रश्न तेस्र्याएँ । जवाफमा कृष्णद्धतले भने, ‘खोइ के गर्लान कुन्नि । फेरी उनी अहिले विदेश गएका छन् रे भनेर सुनेको छु । गरे त राम्रै हुन्थ्यो ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *