नेपालमा पहिलो पटक मानिसमा देखियो बर्डफ्लु, एक जनाको ज्यान गयो

काठमाडौँ, १९ बैशाख । नेपालमा पहिलो पटक बर्ड फ्लु (इन्फ्लुएन्जा ए एच५एन१) संक्रमण मानिसमा सरेको छ । बर्ड फ्लूका कारण ती व्यक्तिको मृत्यु समेत भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज गरिएको आकस्मिक पत्रकार सम्मेलनमा बर्डफ्लु संक्रमणमा परि मृत्यु भएको युवाको उमेर २१ बर्ष भएको उल्लेख छ ।

यसअघि कुखुरा हाँस तथा अन्य चराहरुमा यो रोग देखा परेपनि मानिसमा सरेको थिएन । स्वास्थ्यका अधिकारीहरुले यो घटनालाई अप्रत्यासित र सम्वेदनशील भएको बताएका छन् ।

गत १० चैतमा ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि एक २१ बर्षीय युवा अस्पताल पुगेका थिए। अस्पतालले फ्लुको आशंकामा उनको र्‍यालको परीक्षणका लागि ११ बैशाखमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।

टेकुले सोही दिनबाट ती युवालाई चलाउन भन्दै इन्फ्लुएन्जाको औषधि समेत दियो र अस्पतालले सुरु गरेको थियो । तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो।

टेकुले सोही दिनबाट ती युवालाई चलाउन भन्दै इन्फ्लुएन्जाको औषधि समेत दियो र अस्पतालले उनमा सो औषधि सुरु गरेको थियो । तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो।

यता प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा इन्फ्लुएन्जा ए भन्ने त पत्ता लाग्यो तर कुन भाइरस हो भन्ने प्रमाणित भएन।

त्यसपछि उक्तर्‍याल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को समन्वयमा नमूना परीक्षणका लागि जापान पठाइएको थियो। उक्त नमूनाको नतिजा गत १७ बैशाखमा मात्रै नेपाल आएको थियो। सरकारी अधिकारीहरुले तीन दिन अघि आएको रिपोर्टमा इन्फ्लुएन्जा ए एच फाइब एन वान० रहेको पाइएको थियो ।

पत्रकार सम्मेलनमा बिरामी र अस्पतालको परिचय खुलाइएको थिएन । स्वास्थ्य सचिव डा पुष्पा चौधरीले व्यक्तिको गोपनियता र डव्लुएचओको नियम अनुसार परिचय गोप्य राखिएको बताइन ।

सन् १९९६ मा यो भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २००३ देखि हालसम्म विश्वभरी जम्मा ८६० जना व्यक्तिहरुमा यो भाइरसको संक्रमण भएको पाइएको छ । मानिसको यस भाइरसको संक्रमण हुँदा आधा जति विरामीहरु ( ४५४ जनाको ) मृत्यु भएको तथ्यांकले देखाएको छ ।

पत्रकार सम्मेलनमा पशुसेवा विभागका महानिर्देशक डा बंशी शर्माले पछिल्लो दुई महिना यता तारकेश्वरबाट शुरु भएको बर्डफ्लु हेटौडा, सर्लाही, र मोरङमा पनि देखा परेको बताए । उनले यो सिजनमा मात्रै १ लाख बढी कुखुरा नस्ट गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *