नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. दाहालको निधन
काठमाडौँ, १८ बैशाख । नेपाल चिकित्सक संघका उपाध्यक्ष डा मुकुन्द दाहालको निधन भएको छ। ५४ बर्ष पुग्न १ दिन बाँकी छँदा आज विहान २ बजे बसुन्धरास्थित बिपी स्मृति अस्पताल बसुन्धरामा उनको निधन भएको हो।
डा दाहाल नेपाल सरकारको १०औं तहका वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए। ब्रेन एनोरिजमको समस्याबाट ग्रसित उनको लामो समय देखि घरमै उपचार भइरहेको थियो ।
केही दिन देखि ज्वरोको समस्या थपिएपछि उनलाई परिवारले हिजो मात्रै बीपी स्मृति अस्पताल पुरयाएका थिए । लामो समय देखि ब्रेन एनोरिजमको समस्यामा हुनुहुन्थ्यो । पछिल्लो पटक ज्वरो समेत थपियो । अवस्था अलि जटिल नै थियो । बीपी स्मृति अस्पतालका निर्देशक डा धनबहादुर रानाले बताए ।
यसैबीच नेपाल चिकित्सक संघले आफ्ना उपाध्यक्ष समेत रहेका बरिष्ठ अर्थोपेडिक सर्जन डा दाहालको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ ।
संघका महासचिव डा लोचन कार्कीद्धारा जारी विज्ञप्तीमा डा दाहालको निधनले चिकित्सा पेसाका एक इमानदार, कर्मठ र लगनशील अर्थोपेडिक सर्जनलाई गुमाउन परेको उल्लेख छ ।
संघले डा दाहालको शोकमा १९ बैशाख एक दिन आफ्नो केन्द्रीय कार्यालय तथा संघका सम्पूर्ण शाखा कार्यालयहरु बन्द गरिने जनाएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



