‘स्वास्थ्यका सहसचिवको समायोजन कहिले ? अब छिट्टै हुन्छ भन्छन् जहिले’

काठमाडौँ, १० बैशाख । सूची सार्वजनिक भइसकेपछि रोकिएको स्वास्थ्य समूहका सहसचिवहरुको समायोजन अब ‘छिट्टै’ हुने बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुनासो समेत सम्वोधन हुने गरी ‘छिट्टै’ नयाँ सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसअघि गत माघ २१ मा बसेको मन्त्रिपरिषदले स्वास्थ्य समूहका ५० जना सहित अरु समूहकासमेत सहसचिवहरुको समायोजन गर्ने निर्णय गरेको थियो । तर बीचमै केही अस्पतालहरु संघ अन्तरगर्त गाभिने र केही सहसचिवहरुले गुनासो गर्ने भएपछि सो निर्णय ‘पेन्डिङ’मा बसेको थियो ।

‘अब चाही एकदमै छिटो यो विषय टुंगिने जानकारी आएको छ,’ स्वास्थ्य मन्त्रालयका कर्मचारी महाशाखा प्रमुख जनार्दन गुरागाईँले भने, ‘अब गुनासोसमेत सम्वोधन हुने गरी नयाँ सूची आउने जानकारी आएको छ ।’

तर, फाजिलमा रहेका स्वास्थ्यका एक सहसचिवले भने अहिले पनि विश्वास गर्ने अवस्था नरहेको बताए । ‘समायोजन कहिले ? भनेर सोध्यो,  ‘छिट्टै हुन्छ भन्छन् जहिले ? त्यो छिट्टै भनेको कहिले हो ?’ प्रतिप्रश्न गर्दै उनले भने ।

त्यसो त यसअघि सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका सहसचिवले फारम भर्दा त्रुटी गरेको र त्यसले नतिजामा केही गडवडी देखिएको अनि सच्याउन अनुरोध आएपछि त्यसमा केही समय लागेको जवाफ दिएको थियो ।

पछिल्लो पटक सरकारले देशका पाँचवटा अस्पताललाई संघ अन्तरगर्त रहने गरी स्तरबृद्धि गरेपछि पत्र दिन ढिलाई भएको सामान्यले बताउने गरेको छ ।

मन्त्रिपरिषद बैठकले कोशी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रिय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रिय अस्पताललाई संघ माताहत राख्ने निर्णय गरेको थियो।

महिनौ देखि फाजिलमा रहेका स्वास्थ्यका कतिपय सहसचिवहरु समायोजनमा भएको ढिलाईले निरासा बढेको बताउँन थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *