सरकारी चिकित्सकको आन्दोलन दुई साताको लागि स्थगित हुँदै

काठमाडौँ, ३० चैत ।  सरकारी पक्षले दुई साता समय मागेपछि अघिल्लो सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आफ्नो आन्दोलन स्थगित गर्ने तयारी गरेको छ । केही बेर अघि स्वास्थ्य मन्त्रालयमा सम्पन्न अनौपचारिक छलफलमा सरकारी प्रतिनिधिले दुई साताको समय मागेपछि जारी आन्दोलन स्थगित गर्ने तयारी गरेको हो ।

आजको अनौपचारिक छलफलमा स्वास्थ्य मन्त्रालयका तर्फबाट सचिवद्धय डा पुष्पा चौधरी, चन्द्रकुमार घिमिरे, सहसचिवद्धय महेन्द्रप्रसाद श्रेष्ठ र जनार्दन गुरागाईँ सहभागी थिए । यस्तै गोदानका तर्फबाट अध्यक्ष डा दीपेन्द्र पाण्डे, उपाध्यक्ष डा सुनिल पौडेल र महासचिव डा रविन खड्का सहभागी थिए । छलफलमा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा मुक्तिराम श्रेष्ठ र सह कोषाध्यक्ष डा प्रकाश बुढाथोकी समेत सहभागी थिए ।

‘गोदानका माग पुरा गर्न केही कानुनी र सरकारी प्रतिवद्धता चाहिने देखिएको छ । केही संसोधन हाल्नुपर्छ केही विषय मन्त्रिपरिषदले निर्णय गर्नुपनि पर्न सक्छ । त्यसका लागि हामीलाई दुई साताको समय दिनुहोस भन्ने कुरा आयो । त्यसैले समय दिने कुरा भएको छ,’ छलफलमा सहभागी एक जना सदस्यले भने ।

गोदानले मन्त्रालयको नयाँ प्रस्तावमाथि छलफल गर्न आइतबार ( भोलि) बैठक डाकेको छ । सोही बैठकबाट आधिकारिक निर्णय हुने सम्भावना बढेको बताइएको छ ।

आफूहरुलाई संघ अन्तरगर्त राख्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुले अघिल्लो शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बहिस्कार गरेका थिए । यद्धपी पछिल्ला दिनमा उनीहरुले अस्पताल बाहिर त्रिपाल टाँगेर ओपिडी सेवा उपलव्ध गराउने कोशिस गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *