पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई निमोनिया, त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौँ, २६ चैत । निमोनियाको संक्रमणमा परेपछि पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । आँधीबाट प्रभावितहरुलाई भेटन बारा पर्सामा पुगेका नेता नेपाल आफै अस्वस्थ भएर फर्किएका थिए ।

उनी गत आइतबार विहान साढे ९ बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर भर्ना भएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा प्रेम खड्गाले बताए ।

उपचारको नेतृत्व गरेका चिकित्सक प्राडा सन्तकुमार दासले नेता नेपाललाई निमोनियाको संक्रमण भएको बताए । ‘तराईबाट फर्किदा नै ज्वरो आएको रहेछ । पछि सामान्य स्वासफेर्न गाह्रो भएपछि हामीले यहाँ ल्यायौँ, निमोनिया भएको रहेछ । परीक्षण पश्चात भर्ना गरयौँ । अहिले उहाँको स्वास्थ्य अवस्था सुधार भएको छ । सम्भवत आजै वा भोलिसम्ममा डिस्चार्ज पनि हुनुहुनेछ,’ डा दासले नेपालीहेल्थसंग भने ।

नेता नेपालको सोमबार सिटिस्क्यान र आज मंगलबार अल्ट्रासाउन्ड गरिएको थियो ।  प्राडा दासले केही परीक्षणहरु फलोअपको रुपमा गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *