नर्सिङ लाइसेन्स परीक्षामा ६२ प्रतिशत पास

काठमाडौँ, ३ चैत । नेपाल नर्सिङ परिषदले शनिबार लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६२ प्रतिशत पास भएका छन् । शनिबारको परीक्षामा नर्सिङ अध्ययन पुरा गरेका २ हजार ८०७ जना सहभागी भएका थिए ।

ती मध्ये १ हजार ७२७ जना (६१.६ प्रतिशत) पास भएका हुन् । बाँकी १०७८ जना ( ३८.४ प्रतिशत) फेल भएका छन् ।

काउन्सिलकी रजिष्ट्रार विन्दा घिमिरेका अनुसार लाइसेन्स परीक्षाका लागि २ हजार ८३१ जनाले फारम भरे पनि २४ जना परीक्षामा अनुपस्थित देखिए ।

बर्षको तीन पटक लाइसेन्स परीक्षा लिने नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको २१ औँ नाम दर्ता परीक्षा हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “नर्सिङ लाइसेन्स परीक्षामा ६२ प्रतिशत पास

  1. खै …… डाक्टरहरु फेल हुँदा उफ्रिनेहरु अहिले चुइ समेत बोलेन त…… यी नर्स हरु त सबै नेपालमै पढेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *