जन स्वास्थ्य प्रयोगशालाका नासु घुस लिँदा लिदै पक्राउ

काठमाडौँ, २ चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंका ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोका सेवाग्राहीसंग घुस लिँदा लिदै पक्राउ परेका छन् । शुक्रबार अख्तियारको टोलीले उनलाई कार्यलय परिसरबाटै २२ हजार घुस लिँदा लिदै पक्राउ गरेको हो ।

मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि नियमानुसार गर्नुपर्ने काममा आलटाल गरी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग २२ हजार घुसबापतको रकम लिईसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *