विद्यार्थीको उजुरी पछि गण्डकी मेडिकल कलेजका सिईओ र परीक्षा नियन्त्रक पक्राउ

काठमाडौँ, २३ फागुन । ठगी गरेको आरोपमा गण्डकी मेडिकल कलेजका कार्यकारी अधिकृत (सीईओ) र परीक्षा नियन्त्रक पक्राउ परेका छन् । विद्यार्थीहरुबाट ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा कलेजका सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरिएको हो ।

मंगलबार मात्रै विद्यार्थीहरुले कलेज सञ्चालक खुमा अर्याल सहित १० जना विरुद्ध कास्की प्रहरीमा ठगी मुद्धा दर्ता गराएका थिए ।

सरकारले तोकेभन्दा बढी रकम असुलेको भन्दै उजुरी परेपछि जिप्रकाले बुधबार नै कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसैको आधारमा दुई जना पक्राउ गरिएको कास्की प्रहरी प्रमुख ओम रानाले बताए ।

सरकारले उपत्यकाबाहिरका मेडिकल कलेजहरुमा एमबीबीएसको शुल्क ४२ लाख रुपैयाँ तोकेको छ । तर, कलेजले विद्यार्थीबाट थप १५ लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ ।

अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी ३४ दिनदेखि आन्दोलनमा छन् । आन्दोलनकै कारण माघ २२ गतेदेखि ओपिडीमा र कक्षाकोठामा ताला लागेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *